इमिग्रेशन अपडेट - Page 7 of 68 - KHASOKHAS

इमिग्रेशन अपडेट

‘अमेरिकी सरकार शटडाउनले कैयन नेपालीका एसाइलम २ बर्षभन्दा पछि सर्छन् ‘ – रमेश श्रेष्ठ

अमेरिकी सरकार शटडाउनका कारण अध्यागमन अदालतमा रहेका नेपालीका एसाइलमहरुमा नकारात्मक प्रभाव परेको अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभएको छ । सरकार शटडाउनका कारण लामो समयदेखि एसाइलमको सुनुवाई कुरेर बसेका ठूलो संख्यामा नेपालीहरु प्रभावित भएका छन् । डिसेम्बर २६, २७ ,२८ तथा जनवरी २ र ३ मा मा सुनुवाई तय भएका कैयन नेपालीका …

अमेरिकी अदालतमा ४ हजार नेपालीका एसाइलम पेन्डिङ, शटडाउनबाट प्रभावित (एक्सक्लुसिभ)

अमेरिकी अध्यागमन अदालतमा ४ हजार ४९ नेपालीका एसाइलम लगायत अध्यागमन सम्बन्धित मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले जनाएको छ । अमेरिकी अध्यागमन अदालतमा पेन्डिङ रहेका कुल ८ लाख ९ हजार ४१ मुद्दाहरुमध्ये शुन्य दशमलव ५ प्रतिशत मुद्दाहरु नेपालीका रहेका छन् । खासगरी डिसेम्बर २४, २६, २७ र २८ तारिखका लागि कैयन …

अमेरिकी सरकार शटडाउनबाट एसाइलमका मुद्दा स्थगित, नेपाली प्रभावित

अमेरिकाका अध्यागमन अदालतहरुमा झण्डै ८ लाख मुद्दाहरु पेन्डिङ रहेको अवस्थामा जारी अमेरिकी सरकार शटडाउनले कैयन एसाइलमका मुद्दाहरु प्रभावित भएका छन् । अमेरिकी सरकार शटडाउनका कारण अधिकांश अध्यागमन अदालतहरु बन्द हुँदा कैयन मुद्दाहरुको सुनुवाई स्थगित भएको छ । एसाइलमका मुद्दाहरुको सुनुवाई स्थगित हुँदा कैयन नेपालीका एसाइलम मुद्दाहरु पनि पछि सारिएका छन् । सरकार शटडाउनका कारण कैयन …

सरकार शटडाउनका बेला युएससीआईएसका अन्तरवार्ता जारी, आवेदन स्वीकार

अमेरिकी सरकार शटडाउनका कारण युएससीआईएसका कुनै पनि अन्तरवार्ता र अप्वाइन्टहरु प्रभावित नभएको युएससीआईएसले स्पष्ट पारेको छ । सरकार शटडाउनका बेलामा समेत एसाइलम, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ताहरु कायम रहेका छन् । बायोमेट्रिक अप्वाइन्टमेन्टहरु पनि कायम रहेका छन् भने नागरिकता वितरण समारोहहरु पनि जारी रहेका छन् । युएससीआईएसले आवेदकलाई आफ्ना तोकिएका अन्तरवार्ताकै मिति र समयमा उपस्थीत हुन …

अमेरिकामा गैरकानुनी छिरेर एसाइलम गर्नेलाई फिर्ता लिन मेक्सिको सहमत

अमेरिकामा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम खोज्नेलाई अदालती प्रकृया जारी रहँदाको बखतसम्म फिर्ता लिन मेक्सिकोले सहमति जनाएको छ । मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने तेश्रो मुलुकका नागरिकलाई पनि अमेरिकामा अध्यागमन प्रकृया चलुन्जेलसम्मका लागि फिर्ता लिन मेक्सिको सहमत भएको हो । अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने, पोर्ट अफ इन्ट्रीमा पक्राउ पर्नेलाई अमेरिकाका …

ट्रम्पको कार्यकारी आदेशपछि युएससीआईएस बन्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सोमबार अमेरिकाका सबै संघीय विभाग र एजेन्सीहरु बन्द हुने घोषणा गरेपछि युएससीआईएसका सबै कार्यालयहरु बन्द भएका छन् । ट्रम्पको कार्यकारी आदेशमा सोमबार सबै संघीय कर्मचारीहरुलाई बिदा दिइएको छ । डिसेम्बर २४ का लागि तय भएका सबै नागरिकता वितरण समारोहहरु, अन्तरवार्ता र अप्वाइन्टमेन्टहरु अर्को मितिमा तय गरिने युएससीआईएसले …

अब अनलाइनबाटै अमेरिकी ग्रिनकार्ड र नागरिकताको आवेदन (तरिका सहित)

अमेरिकी ग्रिनकार्ड र नागरिकता लगायतका कैयन आवेदन अब अनलाइनबाट नै दिन सकिने भएको छ । युएससीआईएसको आधिकारिक वेवसाइटको मुख्य पृष्ठमा व्यवस्था गरिएको विशेष टुलमार्फत अब अमेरिकी नागरिकता, ग्रिनकार्डको पुनस्थापना लगायतका कैयन आवेदनहरु अनलाइनमार्फत नै दिन सकिन्छ । अनलाइनमार्फत आवेदन दिनका लागि सुरुमा युएससीआईएसको वेवसाइटमा गएर अनलाइन एकाउन्ट खोल्नुपर्छ । अनलाइनमार्फत फर्महरु भर्दा सहज र प्रभावकारी …

एसाइलम गर्नेलाई मेक्सिको पठाउने ट्रम्पको नीतिबिरुद्ध अदालतजाने चेतावनी

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई उनीहरुको अध्यागमन प्रकृया जारी रहुन्जेल मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनको नीतिबिरुद्ध अदालत जाने आप्रवासी अधिकारकर्मीहरुले चेतावनी दिएका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आप्रवासन संरक्षण नीतिका नाममा अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम आवेदन दिनेलाई अध्यागमन प्रकृयाभर मेक्सिको फिर्ता पठाउने नयाँ नीति ल्याएपछि अधिकारवादीहरुले त्यसको विरोध गरेका हुन् …

ट्रम्पको एसाइलम प्रतिबन्ध सर्बोच्च अदालतबाट अस्वीकार

अमेरिकामा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने आप्रवासीलाई एसाइलमको अधिकार नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनको अनुमति दिन अमेरिकी सर्बोच्च अदालतले पनि अस्वीकार गरेको छ । शुक्रबार सर्बोच्च अदालतले ट्रम्पको एसाइलमबारेको उक्त आदेश कार्यान्वयनका लागि सरकारलाई अनुमति नदिने फैसला गरेको हो । नोभेम्बर ९ देखि कम्तीमा ९० दिनसम्म अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्नेहरुलाई एसाइलमको …

घरेलु र गिरोह हिंशा पीडितलाई एसाइलम नदिने निर्णय अदालतले उल्टायो, देशनिकाला भएकालाई फिर्ता गर्न आदेश

गिरोह र घरेलु हिंशाका पीडितलाई अमेरिकामा एसाइलम नदिने ट्रम्प प्रशासनको निर्णयलाई अमेरिकी संघीय न्यायाधिसले कार्यान्वयनमा रोक लगाएको छ । वासिंटनका संघीय न्यायाधिस इमेट सुलिभानले घरेलु हिंशा र गिरोह हिंशाका पीडितलाई अमेरिकामा एसाइलम गर्न नदिइनु संघीय कानुन विपरित रहेको ठहर गर्दै निर्णय कार्यान्वयनमा रोक लगाएका हुन् । गत जुनमा तत्कालिन महान्यायाधिवक्ता जेफ सेसनले नयाँ नियमको घोषणा …

WP Facebook Auto Publish Powered By : XYZScripts.com