इमिग्रेशन अपडेट - Page 67 of 68 - KHASOKHAS

इमिग्रेशन अपडेट

यसरी जारी हुन्छ अमेरिकाको पर्यटक भिसा

  बी वान बी टु लगायतका गैर आप्रवासी भिसाका लागि सबैभन्दा पहिले आवेदकले अनलाइनमार्फत आवेदन दिनुपर्छ । यो नै पहिलो चरण हो । यो चरणका बारेमा भिसाका लागि आवेदनदिने सबै आवेदकहरु विज्ञ नै छन् । दोश्रो चरणमा आवेदकका लागि दूतावास वा कन्सुलेट कार्यालयमा अन्तरवार्ताको मिति तय गरिन्छ । यही चरणमा आवेदकले भिसा शुल्क पनि बुझाउनुपर्छ …

अर्को सातादेखि डिभी लोटरी, यस्तो छ भर्ने सही तरिका

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अर्को सातादेखि आवेदन दिन सकिने भएको छ । इस्टर्न डेलाइट टाइम अनुशार आगामी साताको मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि डिभी लोटरीका लागि आवेदन दिन सकिनेछ । नोभेम्बर ७ सोमबार इस्टर्न टाइम अनुशार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । विगतका बर्षहरुमा भन्दा लोटरी …

अब दुईदेखि चारदिनमै काठमाडौंबाट अमेरिकी भिसा

यसैसातादेखि काठमाडौंमा रहेको अमेरिकी दुतावासबाट अमेरिकाको भिसा प्रकृया सामान्य अवस्थामा आएको छ । झण्डै १५ महिनाको अवधिपछि भिसा प्रकृया सामान्य अवस्थामा आएको हो । गतबर्षको जुन महिनामा अमेरिकी सरकारको भिसा प्रणालीमा गढबढी आएपछि अमेरिकाको भिसा लिन झण्डै एकमहिना कुर्नुपर्ने अवस्था सृजना भएको थियो । तर यसैसातादेखि भने दुईहप्तादेखि एकमहिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । …

नेपालमै बसी बसी अमेरिकाको ग्रिनकार्ड

अमेरिकामा आउने कैयन खेलाडी, पत्रकार र कलाकारले असाधारण योग्यताको ग्रिनकार्ड प्राप्त गर्ने गरेका छन् । अमेरिकामा विभिन्न भिसामा आइसकेपछि उनीहरुले असाधारण योग्यताको श्रेणीको ग्रिनकार्डका लागि आफू योग्य भएको दावी गर्दै आवेदन दिने गर्छन् । उनीहरुको आवेदन स्वीकृत भइसकेपछि उनीहरुले अमेरिकामा स्थायी रुपमा बसोबासका लागि अनुमतिपत्र ग्रिनकार्ड पाउने गरेका छन् । कैयन नेपाली कलाकारले त दलाललाई …

टीपीएसपछि अमेरिकाबाट दशककै कम नेपाली डिपोर्ट

 किशोर पन्थी / न्युयोर्क नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) पछि अमेरिकाबाट डिपोर्ट आदेश पाउने नेपालीहरुको संख्या ११ बर्षयताकै कम भएको छ । यद्यपी नेपाललाई टीपीएसको दर्जामा राखिसकेपछि पनि अमेरिकाबाट डिपोर्ट आदेश पाउने नेपालीहरुको संख्या भने उल्लेख्य नै रहेको छ । अमेरिकामा रहेका …

सबै बोलौं, नत्र नलम्बिन सक्छ टीपीएसको अवधि

श्री पराजुली नेपालमा गतबर्षको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गर्ने घोषणा गरेपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुलाई धेरै फाइदा भएको छ । खासगरी अमेरिकी अध्यगमन अदालतले देश निकालाको आदेश दिएका, दिने प्रकृयामा रहेका र विना भिसा सिमापार गरेर अमेरिका प्रवेश गरेका नेपालीहरुलाई टीपीएसमार्फत धेरै सजिलो भएको छ । उनीहरुले अमेरिकामा बस्नमात्र होइन, डिपोर्टेशनको …

विशेष रिपोर्ट : टीपीएसपछि अमेरिकाबाट दशककै कम नेपाली डिपोर्ट

 किशोर पन्थी / न्युयोर्क नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) पछि अमेरिकाबाट डिपोर्ट आदेश पाउने नेपालीहरुको संख्या ११ बर्षयताकै कम भएको छ । यद्यपी नेपाललाई टीपीएसको दर्जामा राखिसकेपछि पनि अमेरिकाबाट डिपोर्ट आदेश पाउने नेपालीहरुको संख्या भने उल्लेख्य नै रहेको छ । अमेरिकामा रहेका …

अमेरिकामा टीपीएसको अवधि लम्बाउन सुरु भयो पहल, राजदूतलाई ज्ञापनपत्र

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई अमेरिकी सरकारले प्रदान गरेको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको अवधि लम्बाउन अमेरिकामा रहेका नेपालीहरुले पहल थालेका छन् । टीपीएसको अवधि आगामी डिसेम्बरमा समाप्त हुँदैछ । अमेरिकामा सक्रिय रहेका नेपाली सामाजिक संघ तथा संस्थाको पहलमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीलाई वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा टीपीएस सम्बन्धि ज्ञापन पत्र …

डिभी लोटरी जित्ने नेपालीको भिसामा झन् पछि झन् टाइट

– किशोर पन्थी  डिभी लोटरी जित्ने नेपालीहरुको भिसा प्रकृयामा अमेरिकाले झन्पछि झन् टाइट गर्दै गएको छ । डिभी लोटरी विजेताहरुका लागि हरेक बर्षको अक्टोबरबाट भिसा जारी हुन सुरु गर्ने नियम अनुशार गतबर्ष केस नम्बर २४ सय सम्मका नेपाली विजेताहरुका लागि अक्टोबर महिनामा भिसा उपलब्ध गराएको थियो । तर यो बर्षको अक्टोबर महिनामा अझ घटाएर केस …

नेपालमै बसेर अमेरिकाको ग्रिनकार्ड फाइल गर्ने तरिकाबारे काठमाडौंमा कार्यक्रम, योग्य व्यक्तिले फाइदा लिनसक्ने

अमेरिकी ग्रिनकार्ड, आप्रवासी भिसा, कामदार भिसा लगायत अमेरिकी कानुनका बारेमा जानकारी दिन अमेरिकाका चर्चित युवा कानुन व्यवसायी बासु फुलारा काठमाडौंमा जानुहुने भएको छ । अक्टोबर १ देखि ७ सम्म काठमाडौंमा सप्ताहब्यापीरुपमा उहाँले यसबारेमा कानुनी जानकारीहरु प्रदान गर्नुहुनेछ । अमेरिकी भिसाका सन्दर्भमा धेरै नेपालीहरु दलाल र कन्सल्टेन्सीहरुबाट ठगिएको सन्दर्भमा फुलाराले प्रदान गर्नुहुने जानकारीले सरोकारवालाहरु ठगिनबाट बच्ने …

WP Facebook Auto Publish Powered By : XYZScripts.com