इमिग्रेशन अपडेट - Page 65 of 66 - KHASOKHAS

इमिग्रेशन अपडेट

डिभी जितेर पनि कुन बर्ष कति नेपालीले पाएनन् भिसा ?

आर्थिक बर्ष सन् २०१६ का लागि ३८३१ जना नेपालीहरुले डिभी लोटरी जितेपनि उनीहरुमध्ये झण्डै ५ सयले भिसा प्राप्त गर्न नसकेको जनाइएको छ । तर यकिन तथ्यांक भने केहीदिनपछि सार्वजनिक हुनेछ । उनीहरु सन् २०१४ को अक्टोबरमा डिभी भर्नेहरु हुन् । आर्थिक बर्ष सन् २०१६ का डिभी लोटरी विजेताहरुलाई अमेरिकाले सन् २०१५ को अक्टोबरदेखि भिसा उपलब्ध गराउन …

सन् २०१७ का डिभी विजेताको भिसा सुरु, ५ सय नेपाली अमेरिका आउन नपाउने

  आर्थिक बर्ष सन् २०१७ का लागि डिभी लोटरी विजेताहरुको भिसा प्रकृया अक्टोबर १ देखि सुरु भएको छ । अक्टोबर १ देखि अमेरिकाको आर्थिक बर्ष २०१७ सुरु भएको छ । अब सन् २०१७ का लागि डिभी लोटरी विजेताहरुले अमेरिका जानका लागि भिसा प्राप्त गर्न सुरु गर्नेछन् । तर सन् २०१७ का लागि ४ हजार नेपालीहरुलाई डिभी चिठ्ठा …

नेपालबाटै यसरी फाइल गर्न सकिन्छ अमेरिकी ग्रिनकार्ड

नेपालमै बसेर अमेरिकाको ग्रिनकार्डका लागि आवेदन दिन सकिने न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी बासु फुलाराले बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका फूलाराले निश्चित मापदण्ड पूरा गरेका व्यक्तिले अमेरिकाको ग्रिनकार्ड नेपालमै बसेर फाइल गर्न सकिने बताउनुभयो । एबीसी टेलिभिजनका लागि कार्यक्रम टक अफ द टाउन युएसएमा किशोर पन्थीसँग कुराकानी गर्दै कानुन व्यवसायी फूलाराले आगामी सातादेखि खुल्ने …

काठमाडौंबाट एकबर्षमा २४७१० जनालाई अमेरिकी भिसा

गत आर्थिक बर्षमा अमेरिकाको पर्यटक भिसा पाउने नेपालीहरुको दर प्रतिशतका हिसाबले अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घटेर ५८ प्रतिशतमा झरेपनि संख्याका हिसाबले भने ह्वात्तै बढेको थियो । जसका कारण विगत १० वर्षको तुलनात्मक अध्ययन गर्दा आर्थिक वर्ष सन् २०१५ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट जारी गैरआप्रवासी भिसाको संख्या सबैभन्दा उच्च रहेको थियो । त्यस्तै आप्रवासी …

यसरी जारी हुन्छ अमेरिकाको पर्यटक भिसा

  बी वान बी टु लगायतका गैर आप्रवासी भिसाका लागि सबैभन्दा पहिले आवेदकले अनलाइनमार्फत आवेदन दिनुपर्छ । यो नै पहिलो चरण हो । यो चरणका बारेमा भिसाका लागि आवेदनदिने सबै आवेदकहरु विज्ञ नै छन् । दोश्रो चरणमा आवेदकका लागि दूतावास वा कन्सुलेट कार्यालयमा अन्तरवार्ताको मिति तय गरिन्छ । यही चरणमा आवेदकले भिसा शुल्क पनि बुझाउनुपर्छ …

अर्को सातादेखि डिभी लोटरी, यस्तो छ भर्ने सही तरिका

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अर्को सातादेखि आवेदन दिन सकिने भएको छ । इस्टर्न डेलाइट टाइम अनुशार आगामी साताको मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि डिभी लोटरीका लागि आवेदन दिन सकिनेछ । नोभेम्बर ७ सोमबार इस्टर्न टाइम अनुशार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । विगतका बर्षहरुमा भन्दा लोटरी …

अब दुईदेखि चारदिनमै काठमाडौंबाट अमेरिकी भिसा

यसैसातादेखि काठमाडौंमा रहेको अमेरिकी दुतावासबाट अमेरिकाको भिसा प्रकृया सामान्य अवस्थामा आएको छ । झण्डै १५ महिनाको अवधिपछि भिसा प्रकृया सामान्य अवस्थामा आएको हो । गतबर्षको जुन महिनामा अमेरिकी सरकारको भिसा प्रणालीमा गढबढी आएपछि अमेरिकाको भिसा लिन झण्डै एकमहिना कुर्नुपर्ने अवस्था सृजना भएको थियो । तर यसैसातादेखि भने दुईहप्तादेखि एकमहिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । …

नेपालमै बसी बसी अमेरिकाको ग्रिनकार्ड

अमेरिकामा आउने कैयन खेलाडी, पत्रकार र कलाकारले असाधारण योग्यताको ग्रिनकार्ड प्राप्त गर्ने गरेका छन् । अमेरिकामा विभिन्न भिसामा आइसकेपछि उनीहरुले असाधारण योग्यताको श्रेणीको ग्रिनकार्डका लागि आफू योग्य भएको दावी गर्दै आवेदन दिने गर्छन् । उनीहरुको आवेदन स्वीकृत भइसकेपछि उनीहरुले अमेरिकामा स्थायी रुपमा बसोबासका लागि अनुमतिपत्र ग्रिनकार्ड पाउने गरेका छन् । कैयन नेपाली कलाकारले त दलाललाई …

टीपीएसपछि अमेरिकाबाट दशककै कम नेपाली डिपोर्ट

 किशोर पन्थी / न्युयोर्क नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस) पछि अमेरिकाबाट डिपोर्ट आदेश पाउने नेपालीहरुको संख्या ११ बर्षयताकै कम भएको छ । यद्यपी नेपाललाई टीपीएसको दर्जामा राखिसकेपछि पनि अमेरिकाबाट डिपोर्ट आदेश पाउने नेपालीहरुको संख्या भने उल्लेख्य नै रहेको छ । अमेरिकामा रहेका …

सबै बोलौं, नत्र नलम्बिन सक्छ टीपीएसको अवधि

श्री पराजुली नेपालमा गतबर्षको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गर्ने घोषणा गरेपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुलाई धेरै फाइदा भएको छ । खासगरी अमेरिकी अध्यगमन अदालतले देश निकालाको आदेश दिएका, दिने प्रकृयामा रहेका र विना भिसा सिमापार गरेर अमेरिका प्रवेश गरेका नेपालीहरुलाई टीपीएसमार्फत धेरै सजिलो भएको छ । उनीहरुले अमेरिकामा बस्नमात्र होइन, डिपोर्टेशनको …

WP Facebook Auto Publish Powered By : XYZScripts.com