इमिग्रेशन अपडेट - Page 6 of 65 - KHASOKHAS

इमिग्रेशन अपडेट

आप्रवासी बालबालिकालाई स्पोन्सर गर्ने १७० जना आइसबाट पक्राउ

अमेरिकामा विनाभिसा प्रवेश गरेका १८ बर्ष मुनीका आप्रवासीहरुलाई स्पोन्सर गर्ने १ सय ७० जनालाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले पक्राउ गरेको छ । जुलाई अन्त्यदेखि नोभेम्बरको अन्त्यसम्म हिराशतमा रहेका बालबालिकाहरुलाई स्पोन्सर गर्ने उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेकामध्ये १ सय ९ जनाको कुनै आपराधिक रेकर्ड समेत नभएको जनाइएको छ । तर उनीहरु गैरकानुनी …

एसाइलममा रोक लगाउने ट्रम्पको आदेश कार्यान्वयनमा अपिल कोर्टबाट पनि रोक

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरुलाई अमेरिकामा एसाइलम फाइल गर्न नै नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा सान फ्रान्सिकोका न्यायाधिसले रोक लगाएपछि आदेश कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासनले गरेको अपिल पनि अस्वीकार भएको छ । आदेश कार्यान्वयनका लागि ट्रम्प प्रशासनले गरेको अपिल अस्वीकार गर्दै अपिल कोर्टले ट्रम्पको कार्यकारी आदेश बहाल गर्नमा अस्वीकार गरेको …

क्युबामा रहेको युएससीआइएस कार्यालय स्थायी रुपमा बन्द

क्युबाको हवानामा रहेको युएससीआईएसको कार्यालय स्थायी रुपमा नै बन्द गरिएको छ । डिसेम्बर १० देखि हवानामा रहेको युएससीआईएसको कार्यालय बन्द गरिएको युएससीआईएसले जनाएको छ । क्युबामा रहेकाहरुको र हवानाको कार्यालयले हेर्दै आएका आवेदनहरु अब मेक्सिकोको मेक्सिको सिटीमा रहेको युएससीआईएसको फिल्ड अफिसले नै हेर्ने भएको छ । हवानाको फिल्ड अफिसले सम्हाल्दै आएका कतिपय कामहरु अब हवानामा …

अब अमेरिकामा एसाइलम गर्नेलाई शुल्क लिने तयारी

अमेरिकामा अहिलेसम्म निशुल्क रहेको एसाएलम आवेदनका लागि ट्रम्प प्रशासनले शुल्क लिने तयारी गरिरहेको छ । अब अमेरिकामा विभिन्न भिसामा आएर एसाइलम फाइल गर्नेहरुलाई आवेदन शुल्क लिने तयारी गरिएको छ । ट्रम्प प्रशासनले हरेक आवेदनका लागि ५० डलर शुल्क लिने तयारी गरेको हो । तर पोर्ट अफ इन्ट्रीमा एसाइलम दावी गर्नेहरुका लागि भने शुल्क नलाग्ने जनाइएको …

न्युजर्सीमा ब्यापक अध्यागमन छापा, २४ देशका १०५ कागजपत्रविहिन पक्राउ

अमेरिकाको न्युजर्सीमा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले मारेको ब्यापाक छापामा एकसय ५ जना कागजपत्रविहिनहरु पक्राउ परेका छन् । न्युजर्सीका महान्यायाधिवक्ताले कागजपत्रविहिन आप्रवासीका पक्षमा नयाँ नियम लागु गर्दै आइससँगको समन्वय कम गर्ने घोषणा गरे लगत्तै आइस आक्रमक बनेको हो । नोभेम्बरको अन्तिम साता न्युजर्सीका महान्यायाधिवक्ताले अमेरिकी अध्यागमन निकायलाई स्थानीय कानुन कार्यान्वय इकाईहरुले कागजपत्रविहिन आप्रवासीहरुका बारेमा प्रदान …

अमेरिकी अध्यागमन समाचार : साप्ताहिक राउण्डअप

हामीले यो साता अमेरिकी अध्यागमनबारेका झण्डै डेढ समाचारहरु प्रकाशित गरेका छौं । कुनै समाचार तपाईले छुटाउनुभयो कि ? ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन डलर न्युयोर्क सिटीमा ग्रिनकार्डका लागि ३४ महिनासम्म ! यस्तो छ ढिलाईको कारण अमेरिका : ट्राफिक प्रहरीले रोक्न खोज्दा भाग्ने १२ जनालाई देशनिकाला गरिने कार्यकारी महान्यायाधिवक्ताको …

न्युयोर्क सिटीमा ग्रिनकार्डका लागि ३४ महिनासम्म ! यस्तो छ ढिलाईको कारण

विगत २ बर्षदेखि अमेरिकामा ग्रिनकार्ड र नागरिकताका आवेदनहरुमा ढिलाई हुँदै गइरहेको छ । अमेरिकी सरकारले आवेदन दिएको तीनचार महिनाभित्रै ग्रिनकार्ड वा नागरिकता प्रदान गर्दै आएकोमा अहिले यो अवधि एकदेखि दुईबर्षसम्म पुगेको छ । न्युयोर्क सिटीमा अहिले ग्रिनकार्डका लागि १७ देखि ३४ महिनासम्म लाग्न थालेको छ । युएससीआईएसका अनुशार रोजगारमा आधारित ग्रिनकार्डका लागि न्युयोर्क सिटीमा १३ …

कार्यकारी महान्यायाधिवक्ताको एसाइलममाथि पहिलो आक्रमण, निर्णयका लागि आफूसमक्ष झिकाए मुद्दा

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका कार्यकारी महान्यायाधिवक्ता म्याथ्यु ह्वाइटेकरले एसाइलममाथिको आक्रमण सुरु गरेका छन् । गतमहिना राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्याधिवक्ता जेफ सेसनलाई पदबाट हटाएपछि म्याथ्यु कार्यकारी महान्यायाधिवक्तामा नियुक्त भएका थिए । बोर्ड अफ इमिग्रेशन अपिलललाई निर्देशन दिदै कार्यकारी महान्यायाधिवक्ता जेफ सेसनलाई एसाइलमको मुद्दालाई पुनरावलोकन र निर्णयका लागि आफूसमक्ष झिकाएका छन् । उनले यो मुद्दाका दुबै पक्षलाई …

यस्ता छन् युएससीआईएस कार्यालयमा आज स्थगित अन्तरवार्ताका नयाँ मिति

अमेरिकी सरकारले आज पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसको मृत्युमा शोक मनाउने क्रममा सबै संघीय कार्यालयहरु बन्द गरेपछि त्यसबाट नेपालीहरु पनि ठूलो संख्यामा प्रभावित भएका छन् । युएससीआईएसका कार्यालयहरु, एसाइलम अदालत लगायत बन्द भएकाले आजका लागि तय भएका अध्यागमन सम्बन्धित सबै अन्तरवार्ता र सुनुवाईहरु अर्को मितिमा सारिने भएको छ । युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकले खसोखाससँग कुराकानी …

आजका लागि तय भएका एसाइलम अन्तरवार्ता स्थगित, जनवरी २९ मा हुने

अमेरिकी सरकारले आज राष्ट्रीय शोक दिवसको घोषणा गरेपछि आजका लागि तय भएका एसाइलमका अन्तरवार्ताहरु झण्डै डेढमहिनापछि सारिएको छ । न्युयोर्कको एसाइलम अफिसमा आजका लागि तय भएका सबै एसाइलम अन्तरवार्ताहरु जनवरी २९ का लागि सारिएको छ । न्युयोर्कको मुनगोभन एण्ड एसोसिएट्सका कानुनी निर्देशक श्री पराजुलीका अनुशार आजका लागि तय भएका सबै एसाइलम अन्तरवार्ता जनवरी २९ का …

WP Facebook Auto Publish Powered By : XYZScripts.com