इमिग्रेशन अपडेट - Page 2 of 66 - KHASOKHAS

इमिग्रेशन अपडेट

अमेरिकी भिसा लम्बाउन र बदल्न मार्च ११ बाट नयाँ फर्म र नियम

अमेरिकामा भिसा लम्बाउन वा परिवर्तन गर्न मार्च ११ बाट युएससीआईएसले नयाँ फर्म लागु गर्ने भएको छ । भिजिटर लगायतका गैरआप्रवासी भिसाको अवधि लम्बाउन र परिवर्तन गर्न प्रयोग हुँदै आएको फर्म आई ५३९ मा अपडेट गर्न लागिएको हो । मार्च ११ देखि फरबरी ४, २०१९ को मिति भएको नयाँ फर्ममात्र स्वीकार गरिने युएससीआईएसले जनाएको छ । …

मौषमका कारण न्युयोर्कमा स्थगित युएससीआईएस अन्तरवार्ता अर्को मितिमा

मंगलबार खराब मौषमका कारण न्युयोर्क सिटी र लङ आइल्याण्डमा रहेका युएससीआईएसका कार्यालयहरु दिउसो एकबजेपछि बन्द भए । मंगलबार एकबजेपछि तय भएका अप्वाइन्टमेन्ट र अन्तरवार्ताका लागि नयाँ मिति प्रदान गरिने युएससीआइएस प्रवक्ता क्याथरिन टिकचेकले जनाएकी छिन् । नयाँ मितिसहित आवेदकलाई युएससीआईएसले छुट्टै पत्र पठाउनेछ । मंगलबार अन्तरवार्ता र अप्वाइन्टमेन्ट तय भएका आवेदकहरुले आफ्नो मेलबक्स चेक गर्न …

कलाकार भिसामा जालसाजीपछि नयाँ नियम, २०१८ मा ३७ नेपाली कलाकार पी भिसामा

अमेरिकी सरकारले तुरुन्तै लागु हुनेगरी कलाकार, खेलाडी, मनोरञ्जक र उनीहरुका लागि आवश्यक पर्ने पी भिसाका सन्दर्भमा केही नयाँ नियमहरु ल्याएको छ । पी भिसाका सन्दर्भमा आवेदकहरुले जालसाजी गरेको पाइएको भन्दै त्यसलाई रोक्न नयाँ नियम ल्याइएको युएससीआईएसले जनाएको छ । अमेरिकामा हुने कुनै कार्यक्रममा प्रस्तुतीका लागि कलाकार वा खेलाडीहरुले पी भिसा आवेदन दिनु आवश्यक छ । …

कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप फेडेरल रजिस्टरमा प्रकाशित, अप्रिल १ देखि कार्यान्वयन

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप आज फेडेरल रजिस्टरमा प्रकाशित गरेको छ । नयाँ नियमको कार्यान्वयन आगामी अप्रिल १ देखि हुने जनाइएको छ । आर्थिक बर्ष २०२० का लागि अप्रिलमा खुल्ने एचवानबी भिसा आवेदनका लागि विद्युतीय दर्ता प्रणाली भने लागु नहुने जनाइएको छ । तर त्यसपछि भने विद्युतीय …

अमेरिकामा कामदार भिसाको नयाँ नियमको अन्तिम स्वरुप घोषणा, अमेरिकन डिग्री होल्डरलाई फाइदा

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप घोषणा गरेको छ । नयाँ नियमको अन्तिम स्वरुप बिहिबार फेडरल रजिस्टरमा प्रकाशित गरिने जनाइएको छ । नयाँ नियमको कार्यान्वयन आगामी अप्रिल १ देखि हुने जनाइएको छ । आर्थिक बर्ष २०२० का लागि अप्रिलमा खुल्ने एचवानबी भिसा आवेदनका लागि विद्युतीय दर्ता प्रणाली भने …

अब अमेरिकी नागरिकता प्रमाणपत्रका थप दुई आवेदन अनलाइनबाटै

अब अमेरिकी नागरिकता प्रमाणपत्रका थप दुई आवेदनहरु एन ६०० र एन ६०० के पनि अनलाइनबाटै भर्न सकिने भएको छ । युएससीआईएसले आज गरेको घोषणा अनुशार अमेरिकी बाबुआमाबाट विदेशमा जन्मेका छोराछोरीहरुका लागि जन्मजात नागरिकताको आवेदन, अमेरिकी बाबुआमाबाट जन्मिएर लगातार विदेशमा बसेकाहरुले अमेरिकी बाबुआमाबाट प्राप्त गर्ने नागरिकता लगायतका आवेदन पनि अनलाइनबाट भर्न सकिने भएको हो । यसअगाडि …

अमेरिकी कामदारभिसाको निर्णय अब १५ दिनमै

अमेरिकी सरकारको युएससीआईएसले सोमबारदेखि लागु हुनेगरी कामदार भिसा एचवानबीको निर्णय १५ दिनमा नै प्राप्त गर्न सक्ने गरी शीघ्र प्रकृया सुचारु गरेको छ । सन् २०१८ को अप्रिलमा आवेदन दिएकाहरुले अब एचवानबी भिसाका लागि अतिरिक्त शुल्क तिरेर आफ्नो आवेदनबारे छिटो निर्णय गराउन सक्नेछन् । एचवानबी भिसाका सन्दर्भमा युएससीआईएसले शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेसिङ स्थगित गरेको थियो …

एसाइलम मुद्दाको अवस्था अनलाइनमा हेर्न मिल्ने युएससीआइएसको औपचारिक घोषणा

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले अब एसाइलमका आवेदनको अवस्था पनि अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको घोषणा गरेको छ । सोमबार युएससीआईएसले गरेको घोषणा अनुशार अब युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेका आवेदनको अवस्था अनलाइनमार्फत हेर्न सकिने भएको छ । युएससीआईएसको औपचारिक घोषणा अगाडि नै शुक्रबार खसोखासले यस सम्बन्धमा समाचार प्रकाशित गरेको थियो । अमेरिकी अध्यागमन …

एसाइलम आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्म मेक्सिको पठाउन सुरु

अमेरिकी सरकारले मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्मका लागि मेक्सिको पठाउन सुरु गरेको छ । एसाइलमका सन्दर्भमा ट्रम्प प्रशासनले ल्याएको सबैभन्दा ठूलो परिवर्तनका रुपमा हेरिएको उक्त नीति अन्तरगत अब उनीहरुले मेक्सिकोमा नै बसेर अदालती प्रकृया कुनुपर्नेछ । यस अगाडि त्यसरी अमेरिका प्रवेश गरेर एसाइलम खोज्नेहरुलाई ‘क्याच एण्ड रिलिज’को …

अब एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने

अमेरिकामा युएससीआईएसमा आवेदन दिइएको एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने भएको छ । युएससीआईएसको वेवसाइटमा गएर रिसिप्ट नम्बर हालेर आफ्नो आवेदनको अवस्थाबारे बुझ्न सकिने भएको छ । अहिलेसम्म एसाइलमका केसको अवस्था अनलाइनबाट हेर्न मिल्ने व्यवस्था थिएन । युएससीआईएसले गरेको यो विकाश आवेदकका लागि निकै फलदायी हुने विश्वास गरिएको छ । अटोमेटिक केस अपडेट सेट गरेका आवेदकका …

WP Facebook Auto Publish Powered By : XYZScripts.com