इमिग्रेशन अपडेट - KHASOKHAS

इमिग्रेशन अपडेट

अमेरिकामा कृषि बाहेकका अस्थायी कामदारका लागि आवेदन कोटा समाप्त, बिहिबार गरियो लोटरी

अमेरिकी सरकारको युएससीआईएसले कृषि बाहेकका अस्थायी कामदारका लागि आर्थिक बर्ष २०१९ को दोश्रो ६ महिनाका लागि आवेदन कोटा समाप्त भएको जनाएको छ । अप्रिल १ देखि सेप्टेम्बर ३० भित्रको अवधिमा काम सुरु गर्ने अस्थायी कामदारका लागि प्रसस्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । अस्थायी कामदार एच टु बी अन्तरगत अमेरिकाले बर्षेनी ६६ हजार विदेशी …

दम्पत्तिका लागि फाइल गरिने ग्रिनकार्ड आवेदनमा कडाई

अमेरिकी सरकारको युएससीआईएसले दम्पत्तिका लागि फाइल गरिएका ग्रिनकार्ड आवेदनमा निर्णय लिनु अगाडि सावधानी अपनाउन कर्मचारीहरुलाई निर्देशिका जारी गर्ने जनाएको छ । शुक्रबार युएससीआईएसले गरेको घोषणा अनुशार अब यस्ता आवेदनबारे निर्णय गर्दा अतिरिक्त सावधानी अपनाइने भएको छ । युएससीआईएसले आफ्ना माताहतका अधिकारीहरुलाई जुन स्थानमा विवाह गरिएको वा उत्सव मनाइएको छ, उक्त स्थानको कानुन अनुशार विवाह बैध …

डिभी लोटरी : ३४ सय सम्म केस नम्बर हुने नेपालीलाई मार्चमा भिसा, अप्रिलमा ४२ सय

अमेरिकी सरकारले मार्च महिनाका लागि भिसा बुलेटिन जारी गर्दै मार्चमा डिभी लोटरीमार्फत ग्रिनकार्डका लागि भिसा पाउनसक्ने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । मार्च महिनामा ३४ सय सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले अमेरिकाको भिसा पाउन सक्नेछन् । अप्रिलमा भने ४२ सय सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा प्राप्त गर्नेछन् । डिभी परेका …

दाजुभाई दिदीबहिनी ग्रिनकार्डमा ३ महिना अग्रता, २१ बर्ष नाघेका छोराछोरीको जस्ताको तस्तै

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मार्च महिनाका लागि भिसा बुलेटिन जारी गर्दै पारिवारिक आधारमा नेपालीहरुले फाइल गर्नुपर्ने ग्रिनकार्डको नयाँ मिति सार्वजनिक गरेको छ । अमेरिकी नागरिकका अविवाहित छोराछोरी, अमेरिकी ग्रिनकार्ड होल्डरका दम्पत्ति र छोराछोरी, ग्रिनकार्ड होल्डरका २१ बर्ष नाघेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरी र अमेरिकी नागरिकता प्राप्त व्यक्तिका दाजु भाई दिदीबहिनीहरुका …

अमेरिकी भिसा लम्बाउन र बदल्न मार्च ११ बाट नयाँ फर्म र नियम

अमेरिकामा भिसा लम्बाउन वा परिवर्तन गर्न मार्च ११ बाट युएससीआईएसले नयाँ फर्म लागु गर्ने भएको छ । भिजिटर लगायतका गैरआप्रवासी भिसाको अवधि लम्बाउन र परिवर्तन गर्न प्रयोग हुँदै आएको फर्म आई ५३९ मा अपडेट गर्न लागिएको हो । मार्च ११ देखि फरबरी ४, २०१९ को मिति भएको नयाँ फर्ममात्र स्वीकार गरिने युएससीआईएसले जनाएको छ । …

मौषमका कारण न्युयोर्कमा स्थगित युएससीआईएस अन्तरवार्ता अर्को मितिमा

मंगलबार खराब मौषमका कारण न्युयोर्क सिटी र लङ आइल्याण्डमा रहेका युएससीआईएसका कार्यालयहरु दिउसो एकबजेपछि बन्द भए । मंगलबार एकबजेपछि तय भएका अप्वाइन्टमेन्ट र अन्तरवार्ताका लागि नयाँ मिति प्रदान गरिने युएससीआइएस प्रवक्ता क्याथरिन टिकचेकले जनाएकी छिन् । नयाँ मितिसहित आवेदकलाई युएससीआईएसले छुट्टै पत्र पठाउनेछ । मंगलबार अन्तरवार्ता र अप्वाइन्टमेन्ट तय भएका आवेदकहरुले आफ्नो मेलबक्स चेक गर्न …

कलाकार भिसामा जालसाजीपछि नयाँ नियम, २०१८ मा ३७ नेपाली कलाकार पी भिसामा

अमेरिकी सरकारले तुरुन्तै लागु हुनेगरी कलाकार, खेलाडी, मनोरञ्जक र उनीहरुका लागि आवश्यक पर्ने पी भिसाका सन्दर्भमा केही नयाँ नियमहरु ल्याएको छ । पी भिसाका सन्दर्भमा आवेदकहरुले जालसाजी गरेको पाइएको भन्दै त्यसलाई रोक्न नयाँ नियम ल्याइएको युएससीआईएसले जनाएको छ । अमेरिकामा हुने कुनै कार्यक्रममा प्रस्तुतीका लागि कलाकार वा खेलाडीहरुले पी भिसा आवेदन दिनु आवश्यक छ । …

कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप फेडेरल रजिस्टरमा प्रकाशित, अप्रिल १ देखि कार्यान्वयन

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप आज फेडेरल रजिस्टरमा प्रकाशित गरेको छ । नयाँ नियमको कार्यान्वयन आगामी अप्रिल १ देखि हुने जनाइएको छ । आर्थिक बर्ष २०२० का लागि अप्रिलमा खुल्ने एचवानबी भिसा आवेदनका लागि विद्युतीय दर्ता प्रणाली भने लागु नहुने जनाइएको छ । तर त्यसपछि भने विद्युतीय …

अमेरिकामा कामदार भिसाको नयाँ नियमको अन्तिम स्वरुप घोषणा, अमेरिकन डिग्री होल्डरलाई फाइदा

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एचवानबी कामदार भिसामा नयाँ नियमको अन्तिम स्वरुप घोषणा गरेको छ । नयाँ नियमको अन्तिम स्वरुप बिहिबार फेडरल रजिस्टरमा प्रकाशित गरिने जनाइएको छ । नयाँ नियमको कार्यान्वयन आगामी अप्रिल १ देखि हुने जनाइएको छ । आर्थिक बर्ष २०२० का लागि अप्रिलमा खुल्ने एचवानबी भिसा आवेदनका लागि विद्युतीय दर्ता प्रणाली भने …

अब अमेरिकी नागरिकता प्रमाणपत्रका थप दुई आवेदन अनलाइनबाटै

अब अमेरिकी नागरिकता प्रमाणपत्रका थप दुई आवेदनहरु एन ६०० र एन ६०० के पनि अनलाइनबाटै भर्न सकिने भएको छ । युएससीआईएसले आज गरेको घोषणा अनुशार अमेरिकी बाबुआमाबाट विदेशमा जन्मेका छोराछोरीहरुका लागि जन्मजात नागरिकताको आवेदन, अमेरिकी बाबुआमाबाट जन्मिएर लगातार विदेशमा बसेकाहरुले अमेरिकी बाबुआमाबाट प्राप्त गर्ने नागरिकता लगायतका आवेदन पनि अनलाइनबाट भर्न सकिने भएको हो । यसअगाडि …

WP Facebook Auto Publish Powered By : XYZScripts.com