मे महिनामा कति नेपालीले पाए अमेरिकाको गैरआप्रवासी भिसा ?


प्रकाशित मिति : असार १०, २०७६ मंगलबार

मे महिनामा २११९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् । जसमध्ये बी वान भिसा प्राप्त गर्नेहरु ८ जना, बी वान बी टु प्राप्त गर्नेहरु २११० जना र बी टुमात्र प्राप्त गर्नेहरु एकजना रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

भिजिटर भिसा पछि ४५१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका छन् । एफ टु भिसा प्राप्त गर्ने उनीहरुका आश्रीतहरु भने थप २० जना रहेका छन् । एक्सचेन्ज भिजिटरका रुपमा जे वान भिसा प्राप्त गर्ने नेपालीहरु मे महिनामा ५८ जना रहेका छन् भने उनीहरुका आश्रीत ६ जना रहेका छन् ।

कुटनीतिज्ञ, सरकारी अधिकारीहरु र उनीहरुका परिवारहरुमा ४० जना नेपालीहरुले मे महिनामा भिसा प्राप्त गरेका छन् । पानी जहाज वा हवाई जहाजका कर्मचारी वा ट्रान्जिट भिसाका रुपमा १७ जना नेपालीले भिसा प्राप्त गरेका छन् ।

कुटनीतिक भिसा जी प्राप्त गर्ने नेपालीहरु मे महिनामा ६० जना रहेका छन् । मेमा ४४ जना नेपालीहरुले एचवानबी, १८ जना नेपालीहरुले एच फोर, अमेरिकी नागरिकसँग विवाह गर्नका लागि २३ जना नेपालीहरुले के वान, २ जना नेपालीहरुले एल वान, ३ जनाले ओ थ्री, एकजनाले पी थ्री, ३ जनाले धार्मिक भिसा प्राप्त गरेका छन् ।

अप्रिल महिनाको तुलनामा भने मे महिनामा अमेरिकाको भिजिटर भिसा प्राप्त गर्ने नेपालीहरु कम रहेका छन् । अप्रिलमा २२१७ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका थिए । तर अप्रिल महिनामा विद्यार्थी भिसा प्राप्त गर्नेहरु भने जम्मा ११२ जना नेपालीहरुले विद्यार्थी र आश्रित भिसा प्राप्त गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com