विद्यार्थी भिसा वाहकको डिपेन्डेन्टका रुपमा अमेरिका जान के गर्ने ?


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

मेरा श्रीमान् अमेरिकामा विद्यार्थी भिसामा हुनुहुन्छ । मैले उहाँको ग्रयाजुएसनमा सहभागी हुनका लागि डिपेन्डेन्टका रुपमा एफ टु भिसा आवेदन दिएकी थिएँ । तर मेरो भिसा अस्वीकृत भयो । किन ?

अमेरिकी दूतावास काठमाडौंको जवाफ : 

विद्यार्थी भिसा वाहकको डिपेन्डेन्टका रुपमा एफ टु भिसामा अमेरिका जाने सन्दर्भमा भिसा प्रदान गर्दा हामी विवाह वास्तविक भए नभएको विषयमा शतर्क रहन्छौं । विवाह वास्तविक हो अध्यागमन उद्देश्यका लागि गरिएको हो भन्ने सन्दर्भमा हाम्रो चासो रहन्छ । आवेदकले अमेरिकामा रहनका लागि आर्थिक व्ययभार थेग्न सक्छ कि सक्दैन ? दम्पत्तिको पढाई समाप्त भएपछि अमेरिका छाडेर स्वेदश फर्कने उद्देश्य छ कि छैन ? यसबारेमा पनि हाम्रो चासो रहन्छ । यदि तपाईको भिसा अस्वीकृत भयो भने तपाई यी तीनवटा विषयमा कन्सुलर अधिकृतलाई मनाउन नसक्नु नै मुख्य कारण हो ।

अमेरिकी दूतावास काठमाडौंका कन्सुलर अधिकृतले सामाजिक सञ्जालमार्फत दिएको जवाफमा आधारित ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com