अब अमेरिकी नागरिकता प्रमाणपत्रका थप दुई आवेदन अनलाइनबाटै


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

अब अमेरिकी नागरिकता प्रमाणपत्रका थप दुई आवेदनहरु एन ६०० र एन ६०० के पनि अनलाइनबाटै भर्न सकिने भएको छ । युएससीआईएसले आज गरेको घोषणा अनुशार अमेरिकी बाबुआमाबाट विदेशमा जन्मेका छोराछोरीहरुका लागि जन्मजात नागरिकताको आवेदन, अमेरिकी बाबुआमाबाट जन्मिएर लगातार विदेशमा बसेकाहरुले अमेरिकी बाबुआमाबाट प्राप्त गर्ने नागरिकता लगायतका आवेदन पनि अनलाइनबाट भर्न सकिने भएको हो ।

यसअगाडि ग्रिनकार्डको रिप्लेसमेन्ट गर्ने आई ९० आवेदन, अमेरिकी नागरिकताको आवेदन, अमेरिकी नागरिकताको प्रमाणपत्र पुनस्थापना गर्ने आवेदन र नागरिकता प्रकृयाको निर्णयको सुनुवाईका लागि दिइने आवेदन अनलाइनमार्फत नै भर्न र पेश गर्न सकिने व्यवस्था रहेको थियो । आवेदकले युएससीआईएसको वेवसाइटमा गएर अनलाइन एकाउन्ट सृजना गरेर ती आवेदनहरु भर्न र पेश गर्नसक्ने प्रावधान रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com