अष्ट्रेलियामा विद्यार्थी भिसा अब सहज हुने, यी हुन् मूख्य परिवर्तन


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

अष्ट्रेलिया विश्वभरका विद्यार्थीहरुको लागि आकर्षक गन्तव्य बनिरहेको छ । अरु देशमा भन्दा अष्ट्रेलियामा विद्यार्थीलाई सहज भएका कारण नेपाली विद्यार्थीहरुको संख्या पनि अष्ट्रेलियामा बढिरहेको छ ।

अष्ट्रेलिया सरकारले विश्वभरका विद्यार्थीलाई आकर्षित गरि शैक्षिक क्षेत्रको विकासबाट देशको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्य लिएको छ । यस उद्देश्य अन्तर्गत, अष्ट्रेलियाले अब विद्यार्थी भिसा थप सहज बनाउने भएको छ । अध्यागमन मामिलामन्त्री क्रिस ब्राउनले गत बिहिबार मिडिया रिलिज मार्फत सो कुरा सार्वजनिक गरेका हुन् ।

सरकारले माइकल नाइटलाई शिक्षासम्बन्धी नियम पुनर्मूल्यांकन गरी प्रतिवेदन प्रस्तुत गर्ने जिम्मा दिएको थियो । विभिन्न सरोकारवालासंगको छलफल पछि तयार पारिएको उक्त प्रतिवेदनमा अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीले देखाउनुपर्ने बैंक ब्यालेन्स केहि खुकुलो बनाइने, मास्टर्स तहसम्म पढ्न आउने विद्यार्थीलाई दुई वर्ष वर्क परमिट भिसा दिने र पिएचडी गर्न आउने विद्यार्थीलाई पढाइ पछि थप चार वर्ष वर्क परमिट भिसा उपलब्ध गराइने उल्लेख गरिएको छ ।

यो परिवर्तनलाई प्रस्तावित नीतिको रुपमा पेश गरिएको छ र छिट्टै सरकारले यसलाई पास गरेर कानुनको रुपमा लागु गरिने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com