वामपन्थीअगुवा कृष्णदास श्रेष्ठको निधन


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

 नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको शनिवार निधन भएको छ । श्रेष्ठको ८७ वर्षको उमेरमा आफ्नै निवास शङ्खमूलमा निधनमा निधन भएको हो ।

उनी गत महिनाबाटै अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत थिए । तर उनको स्वास्थ्यमा केही सुधार आएकाले यही साता उनलाइ निवासमा ल्याइएको थियो ।

श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी छन। उनले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना भाग–१’, ‘लेनिनवादका आधार’, ‘माक्र्सवाद र जातीय सवाल’लगायत माक्र्सवादी पुस्तकको अनुवाद गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com