अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्दै


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

बलिउडकी अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्ने भएकी छन् । श्रद्धा र फोटोग्राफर रोहन श्रेष्ठ अहिले प्रेम सम्बन्धमा रहेका छन्श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी श्रेष्ठसँग विवाह गर्न सक्ने भारतीय मिडियाले जनाएको छ ।

श्रद्धा गत एक वर्षदेखि रोहनसँग डेट गरिरहेकी मिडियाले उल्लेख गरेको छ।

रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहनको बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । रोहनको जन्म भारतको मुम्बईमा भएको हो ।

रोहनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका हुन् । श्रद्धा कपुर ब्याटमिन्टन खेलाडी साइन नेह्वालको जीवनीमा आधारित फिल्म छोडेर चर्चामा रहेकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com