इमिग्रेशन विशेष - Page 7 of 272 - KHASOKHAS

इमिग्रेशन विशेष

एसाइलम आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्म मेक्सिको पठाउन सुरु

अमेरिकी सरकारले मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्मका लागि मेक्सिको पठाउन सुरु गरेको छ । एसाइलमका सन्दर्भमा ट्रम्प प्रशासनले ल्याएको सबैभन्दा ठूलो परिवर्तनका रुपमा हेरिएको उक्त नीति अन्तरगत अब उनीहरुले मेक्सिकोमा नै बसेर अदालती प्रकृया कुनुपर्नेछ । यस अगाडि त्यसरी अमेरिका प्रवेश गरेर एसाइलम खोज्नेहरुलाई ‘क्याच एण्ड रिलिज’को …

अब एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने

अमेरिकामा युएससीआईएसमा आवेदन दिइएको एसाइलमको आवेदनको अवस्थापनि अनलाइनबाट हेर्न मिल्ने भएको छ । युएससीआईएसको वेवसाइटमा गएर रिसिप्ट नम्बर हालेर आफ्नो आवेदनको अवस्थाबारे बुझ्न सकिने भएको छ । अहिलेसम्म एसाइलमका केसको अवस्था अनलाइनबाट हेर्न मिल्ने व्यवस्था थिएन । युएससीआईएसले गरेको यो विकाश आवेदकका लागि निकै फलदायी हुने विश्वास गरिएको छ । अटोमेटिक केस अपडेट सेट गरेका आवेदकका …

८५ हजार नाघे सरकार शटडाउनका कारण स्थगित हुने अध्यागमन मुद्दा, झण्डै डेढसय नेपाली प्रभावित

डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउनका कारण अमेरिकी अध्यागमन अदालतमा स्थगित हुने मुद्दाहरुको संख्या ८५ हजार नाघेको छ । ती मुद्दाहरुको नयाँ सुनुवाई मिति २ बर्ष वा त्यो भन्दा बढी समय पछि सर्न सक्ने जनाइएको छ । सुनुवाई स्थगित भएका अधिकांश मुद्दाहरु एसाइलमका मुद्दाहरु रहेका छन् । अमेरिकाको इतिहासमा नै सबैभन्दा लामो शटडाउनका कारण …

बिहिबार मतदान हुने बिलमा एसाइलमको बार्षिक कोटा १५ हजार, पारित होला त ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन रहेको बिहिबार अमेरिकी सिनेटमा मतदान हुने बिलमा एसाइलमको बार्षिक कोटा तोकिएको छ । बर्षमा अधिकतम १५ हजारलाई एसाइलम स्वीकृत गर्ने गरी कोटा तोकिएको उक्त बिलमा बार्षिक ५० हजारमात्र एसाइलम आवेदन लिने उल्लेख छ । बिल पारित हुने सम्भावना भने निकै न्यून रहेको छ । मध्य अमेरिकी देशका बालबालिकाहरुलाई अमेरिकी सिमाक्षेत्रमा …

टीपीएस बचाउन अधिकारको अभियान, यसरी गर्नुहोस् हस्ताक्षर

अमेरिकामा बस्ने नेपालीहरुलाई अमेरिकी सरकारले प्रदान गरेको टीपीएस सुविधा आगामी जुनमा सकिदै गरेको अवस्थामा टीपीएस बचाउनका लागि आप्रवासीको अधिकारका लागि कृयाशिल संस्था ‘अधिकार’ सकृयताका साथ लागेको छ । नेपालीको टीपीएस अवधि थप गराउनका लागि अमेरिकी सांसदहरुलाई दवाव सृजना गर्नेदेखि सरकारलाई घच्घचाउनेसम्मका गतिविधिमा लागिरहेको ‘अधिकार’ले न्युयोर्कका सांसदहरुलाई दवाव सृजनाका लागि हस्ताक्षर गर्न सबैलाई आब्हान गरेको छ …

न्युयोर्कमा कागजपत्रविहिन पनि उच्च शिक्षाका लागि राज्यको सहयोगका लागि योग्य हुने

अबदेखि न्युयोर्क राज्यमा विद्यार्थीका रुपमा रहेमा कागजपत्रविहिन बालबालिकाहरु उच्च शिक्षाका लागि राज्यबाट प्राप्त हुने आर्थिक सहायताका लागि योग्य हुनसक्ने भएका छन् । आज न्युयोर्क सिनेटको बहुमतले उक्त सुविधा प्रदान गर्ने ‘होजे पराल्टा न्युयोर्क स्टेट ड्रिम एक्ट’ पारित गरेको हो । न्युयोर्क राज्यमा पहिलेदेखि नै विद्यार्थीका रुपमा रहेका कागजपत्रविहिनहरुले अब उच्च शिक्षाका लागि राज्यबाट प्राप्त हुने …

अमेरिकामा कागजपत्रविहिन कृषि कामदारलाई ब्लुकार्ड दिने प्रस्ताव, कमला ह्यारिस र बर्नी स्याण्डर्स कोस्पोन्सर

क्यालिफोर्नियाका डेमोक्रेटिक सांसदहरुले अमेरिकामा रहेका कागजपत्रविहिन कृषि कामदारलाई कानुनी हैसियत प्रदान गर्ने विधयेक संसदका दुबै सदनमा पेश गरेका छन् । प्रस्तावित विधयेक पारित भएमा कामदार गुमाउने चिन्तामा रहेका अमेरिकाका किसानहरुलाई राहत प्रदान गर्नेछ । सिनेटमा उक्त विधयेक डेमोक्रेटिक सिनेटर डायन फेनिस्टेनले ड्राफ्ट गरेका छन् भने हाउसमा डेमोक्रेटिक प्रतिनिधि जो लोफग्रेनले ड्राफ्ट गरेका छन् । विधयेकमा …

सर्बोच्चको मौनता, अमेरिकामा रहेका ६० नेपाली बचे तत्काल देशनिकालाको डरबाट

बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गरिररहेको डाका कार्यक्रमबारे मंगलबार सर्बोच्च अदालतले निर्णय लिने अपेक्षा गरिएपनि कुनै निर्णय नलिएका कारण कम्तीमा ६० जना नेपालीहरु तत्काल देशनिकालाको डरबाट मुक्त भएका छन् । सर्बोच्चको मौनता कारकाण डाकाको संरक्षण अवधि केही महिनाका लागि लम्बिएको छ । डाकाबारे सर्बोच्चले कुनै फैसला नलिनुलाई ट्रम्प प्रशासनको पराजयका रुपमा हेरिएको छ । …

दक्ष आप्रवासीहरु अमेरिका आएको चाहन्छन् अमेरिकनहरु

अधिकांश अमेरिकनहरुले दक्ष आप्रवासीहरु अमेरिका आएको चाहने पिउ रिसर्च सेन्टरको रिपोर्टले देखाएको छ । रिपोर्ट अनुशार १० जना ८ जना अमेरिकनहरु विदेशबाट दक्ष आप्रवासीहरु अमेरिकामा आएको चाहन्छन् । मंगलबार प्रकाशित उक्त रिपोर्टमा स्वीडेन, बेलायत, क्यानडा, जर्मनी, अष्ट्रेलिया लगायतका देशमा पनि विदेशबाट दक्ष आप्रवासीहरु आएको चाहनेदर उच्च रहेको छ । फ्रान्स, स्पेन, नेदरल्याण्ड, ग्रिसमा ५० प्रतिशतभन्दा …

१८० दिनभन्दा कम भिसा ओभरस्टे हुनेलाई समेत २ बर्ष जेल हाल्ने रिपब्लिकन प्रस्ताव

अमेरिकामा कुनै पनि गैरआप्रवासी भिसामा आएर भिसाको अवधि सकिएपछि ओभरस्टे हुनेहरुलाई जेलहाल्ने सम्मको विधयेकको प्रस्ताव अमेरिकी संसदमा गरिएको छ । अमेरिकाको ११६ औं संसदमा ल्याइएको उक्त विधयेकको कोस्पोन्सर १० जना रिपब्लिकन सांसदहरुले गरेका छन् । विधयेकको स्पोन्सर जेफ डनकानले गरेका छन् । अमेरिकामा पहिलोपटक ओभरस्टे हुनेलाई जरिवाना वा ६ महिनासम्म जेल सजाय वा दुबैसजाय र …

WP Facebook Auto Publish Powered By : XYZScripts.com