इमिग्रेशन विशेष - Page 6 of 279 - KHASOKHAS

इमिग्रेशन विशेष

पोर्चुगलको नागरिकता पाउनेमा टपटेनमा नेपाली,नागरिकता पाउने नेपाली तीनबर्षमा तेब्बर

पोर्चुगलको नागरिकता पाउने नेपालीहरुको संख्या तीनबर्षमा तेब्बर भएको छ । सरकारी तथ्यांक अनुशार पोर्चुगलमा एकबर्षको अवधिमा ३१९ जना नेपालीहरुले त्यहाँको नागरिकता लिएका छन् । तीनबर्षको अवधिको तुलना गर्दा पोर्चुगलको नागरिकता लिने नेपालीहरुको संख्यामा तेब्बर बृद्धि भएको छ । सन् २०१५ मा १०२ जना नेपालीहरुले पोर्चुगलको नागरिकता लिएकोमा सन् २०१६ मा २३९ जना नेपालीहरुले लिएका थिए …

चालु आर्थिक बर्षमा ९ लाख कागजपत्रविहिनलाई पक्राउ गर्ने अमेरिकी सरकारको योजना

चालु आर्थिक बर्षमा ९ लाखभन्दा धेरै कागजपत्रविहिनहरुलाई पक्राउ गर्ने योजना रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्चेन निल्सेनले बताएकी छिन् । उनले चालु आर्थिक बर्षमा मेक्सिकोको सिमाक्षेत्रबाट प्रवेश गर्न खोज्ने ९ लाख बढी कागजपत्रविहिनलाई पक्राउ गर्ने बताइन् । मानवतस्करहरुले कागपत्रविहिनलाई गलत एसाइलम फाइल गर्न उक्साइरहेको समेत उनले बताइन् । उनले डेमोक्र्याट्सहरुलाई कानुन कार्यान्वयनमा …

इयुभित्रका देशले दिए १ बर्षमा ८ लाख विदेशीलाई नागरिकता

युरोपियन युनियन अन्तरगतका देशहरुमा एकबर्षमा ८ लाख विदेशीहरुलाई त्यहाँको नागरिकता प्रदान गरिएको छ । बुधबार प्रकाशित एक रिपोर्ट अनुशार युरोपियन युनियन अन्तरगतका देशहरुमा सन् २०१७ भरमा ८ लाख २५ हजार ४ सय विदेशीहरुलाई नागरिकता प्रदान गरिएको छ । सन् २०१६ को तुलनामा इयुभित्रका देशमा नागरिकता पाउनेहरुको संख्या १६ प्रतिशतले घटेको छ । सन् २०१७ मा …

टीपीएसवाहकलाई नागरिकताको बाटोमा लैजाने विधयेक मार्च १२ मा ल्याइदै

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गरेको डाका र मातृभूमिमा कुनै बिपत्ति वा समस्याका कारण उक्त देशका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएसले समेटेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विधयेक मार्च १२ मा संसदमा ल्याइने भएको छ । डेमोक्र्याट्सहरुले उक्त ड्रिम एक्ट संसदको तल्लो सदन प्रतिनिधिसभामा ल्याउन लागेका हुन् । क्यालिफोर्नियाकी डेमोक्रेटिक सांसद लुसिल रोएबल अलार्डले ल्याउन …

नक्कली कागजात सहित कलाकार भिसा फाइल गरिदिनेलाई न्युयोर्कमा १० बर्ष जेल

नक्कली कागजातहरु तयार गरेर कलाकारका लागि पी थ्री भिसा फाइल गरिदिएको अभियोगमा न्युयोर्कको एउटा गैर नाफामुलक संगीत संस्थाको नेतृत्व फन्दामा परेको छ । बु्रकलिनको संघीय अदालतमा चलेको मुद्दामा उनीहरु आफूहरु दोषी रहेको स्वीकार गरेका छन् । क्वीन्सको रिगोपार्कमा रहेको एप्पल म्युजिक अवार्ड फाउण्डेशन इन्कका संचालकले आफूहरुले भिसामा जालसाजी गरेको स्वीकार गरेका हुन् । सन् २०१३ …

अमेरिकाका सरकारी कलर आईडी नै प्रयोग गरेर ठगहरु सकृय

अमेरिकामा सरकारी टेलिफोनका कलर आइडीहरु चोरेर ठगहरु सकृय रहेको भन्दै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको इन्सपेक्टर जनरलको अफिसले सचेत गराएको छ । ठगहरुले गर्ने यस्ता फोन आउँदा कलर आइडीमा सरकारी फोन नम्बर देखिने र मान्छेहरु सरकारी निकायबाटै फोन आएको भनेर झुक्किने गरेका छन् । ठगहरुले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका फोन नम्बरहरु फोन प्राप्तकर्ताको मोबाइलमा डिस्प्ले हुनेगरी …

ताजा रिपोर्ट : युएससीआईएसबाट कति एसाइलम स्वीकृत ?

अमेरिकी सरकारको युएससीआईएसबाट सन् २०१८ मा स्वीकृत भएका र अस्वीकृत भएका एसाइलमको विवरण युएससीआईएसले सार्वजनिक गरेको छ । युएससीआईएसको रिपोर्ट अनुशार युएससीआईएसमा पेन्डिङ एसाइलमको संख्या अहिले झण्डै ३ लाख रहेको छ । आर्थिक बर्ष २०१८ को पहिलो तीनमहिनामा युएससीआईएसमा ३२ हजार ४ सय २० एसाइलमका आवेदनहरु परेका थिए । पहिलो तीनमहिनामा ३ हजार २ सय …

सोमबार न्युयोर्क सिटी र लङ आइल्याण्डका युएससीआईएस र एसाइलम अफिस बन्द

सोमबार खराब मौषमका कारण न्युयोर्क सिटी र लङ आइल्याण्डमा रहेका युएससीआईएसका फिल्ड अफिस र एसाइलम अफिसहरु बन्द भएका छन् । युएससीआईएस प्रवक्ता क्याथरिन टिकचेकका अनुशार मार्च ४ सोमबारका लागि तय भएका सबै अप्वाइन्टमेन्टहरु अर्को मितिका लागि तय गरिनेछन् । खतरानक मौषमको अवस्थामा आवेदकहरु युएससीआईएसका फिल्ड अफिस र एसाइलम अफिसमा जाने झन्झटमा नपरुन् भन्ने उद्देश्यले क्याथरिन …

यस्तो बाकस जस्तो घरमा भेटिए अमेरिकामा ६९ कागपत्रविहिन

अमेरिकाको न्यु मेक्सिकोमा २० चौडाई र २० फुट लम्बाई भएको एउटा बाकसजस्तो घरभित्र लुकाएर राखिएको अवस्थामा ६९ कागजपत्रविहिन आप्रवासीहरुलाई फेला पारिएको छ । मानवतस्करहरुले कागजपत्रविहिनहरुलाई लुकाईछिपाई राख्नका लागि त्यस्तो घरको प्रयोग गरेको आइसले जनाएको छ । ६९ जनामध्ये ६ जना अभिभावक नभएका टिनएजरहरु रहेको जनाइएको छ । अधिकांश आप्रवासीहरु ग्वाटेमाला र इक्वेडरका भएको जनाइएको छ …

एक्सक्लुसिभ : २०१८ मा १७ हजार १ सय ९१ नेपालीको अमेरिकाको भिजिटर भिसा अस्वीकृत

आर्थिक बर्ष २०१८ मा १७ हजार १ सय ९१ जना नेपालीको अमेरिकाको भिजिटर भिसा अस्वीकृत भएको छ । अमेरिकाको सरकारी तथ्यांकलाई आधार मान्दा कुल ३३ हजार ३ सय ६१ जना नेपालीले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएकोमा १६ हजार १ सय ७० जना नेपालीले मात्र भिसा पाएका छन् । तथ्यांक हेर्दा कुल आवेदकमध्ये ५१ द्यशमलव …

WP Facebook Auto Publish Powered By : XYZScripts.com