इमिग्रेशन विशेष - Page 5 of 287 - KHASOKHAS

इमिग्रेशन विशेष

प्वाइन्टमा आधारित ग्रिनकार्डका लागि ट्रम्पको योजना सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिटमा आधारित अध्यागमन प्रणाली निर्माणका लागि आफ्नो बृहत योजना सार्वजनिक गरेका छन् । आज ह्वाइटहाउसको रोज गार्डेनमा दिएको मन्तब्यमार्फत उनले आफ्नो अध्यागमन योजना सार्वजनिक गरेका हुन् । आफूहरुले अमेरिकन कामदारलाई सुरक्षा, ज्याला र जागिरका लागि प्राथमिकता दिने योजना ल्याएको तथा आफूहरुको योजना आप्रवासीपरस्त, कामदारपरस्त र अमेरिकापरस्त रहेको ट्रम्पले बताएका छन् । …

ग्रिनकार्ड, सिमा सुरक्षा लगायतका ६ विषय समेटिएको अध्यागमन योजना घोषणा गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कस्ता आप्रवासीहरुलाई अनुमति दिने भन्ने सन्दर्भको महत्वपूर्ण परिवर्तनको योजना घोषणा गर्ने तय भएको छ । बिहिबार ह्वाइट हाउसको रोज गार्डेनमा विशेष सम्बोधनमार्फत ट्रम्पले यस्तो योजना घोषणा गर्न लागेका हुन् । नयाँ योजना अन्तरगत अमेरिकामा परिवारमा आधारित ग्रिनकार्डलाई निरुत्साहन गरिनेछ भने क्षमतामा आधारित ग्रिनकार्डलाई प्रोत्साहित गरिनेछ । समग्रमा प्रदान गरिने ग्रिनकार्डको …

अगाडि बढेन एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीको प्राथमिकता मिति

एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीको प्राथमिकता मिति जुन महिनामा पनि अगाडि बढेको छैन । १ सेप्टेम्बर २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुले मे महिनामा एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदन दिन पाउने तय भएपनि जुन महिनामा समेत सोही मिति नै कायम रहेको छ । जुन महिनामा पनि मे महिनामा जस्तै १ सेप्टेम्बर २०१८ भन्दा अगाडि प्राथमिकता मिति …

पारिवारिक आधारमा यी नेपालीले पाउनेछन् जुन महिनामा ग्रिनकार्ड

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनामा पारिवारिक आधारमा ग्रिनकार्ड पाउनेहरुको प्राथमिकता मिति प्रकाशित गरेको छ । जसमा नेपालीहरु पनि समेटिएका छन् । भिसा बुलेटिन अनुशार जुन महिनामा अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरुका सन्दर्भमा १५ फरबरी २०१२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड पाउनेछन् । यो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नका लागि अहिले झण्डै …

नेपाल र इजिप्टलाईमात्र डिभी भिसामा सिमाबन्दी, ६२७५ सम्म केस नम्बर हुने नेपालीलाई जुलाईमा भिसा

आगामी जुलाई महिनामा ६२७५ सम्म केस नम्बर हुने नेपाली डिभी लोटरी विजेताहरुले अमेरिकाको भिसा प्राप्त गर्नेछन् । जुन महिनामा भने ५७७५ सम्म केस नम्बर हुने नेपालीहरुले भिसा प्राप्त गर्नेछन् । जुन महिनामा डाइभर्सिटीभिसामा विश्वब्यापी नै सिमाबन्दी रहेपनि जुलाई महिनामा यस्तो सिमाबन्दी नेपाल र इजिप्टलाईमात्र लगाइएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर …

दुई विमान आकाशमा ठोक्किएपछि…

सोमबार अपरान्ह अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । यसबारे प्रिन्स क्रुज लाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार १ बजेको हो । यूएस फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार कून केव इलाका नजिकै द हेविल्याण्ड डिएचसी–२ बीवर र द हेविल्याण्ड अटर डिसी–३ विमान …

टीपीएसमा हुने नेपालीलाई एसाइलम गर्न एकबर्षको समयसिमा नलाग्ने

अमेरिकामा टीपीएसमा हुने नेपालीहरुलाई एसाइलम आवेदन दिनका लागि एकबर्षको समयसिमा नलाग्ने युएससीआईएसले स्पष्ट पारेको छ । तर टीपीएसमा जानुभन्दा अगाडि अमेरिकामा प्रवेश गरेको एकबर्ष भने पूरा नभएको हुनुपर्छ । यदि कुनै व्यक्ति टीपीएसमा जानुभन्दा अगाडि अमेरिकामा आएको एकबर्ष पूरा भएको थिएन भने उक्त व्यक्तिले अहिले पनि एसाइलम आवेदन दिन पाउने युएससीआईएसले स्पष्ट पारेको छ । …

एकपटक चेक गर्दा डिभी लोटरीमा छनौट नभए बारम्बार चेक गर्नु नपर्ने

अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा गएर चेक गर्दा एकपटक डिभी लोटरी नपरेको खण्डमा सोहीबर्षका लागि बारम्बार चेक गर्नु नपर्ने अमेरिकी सरकारको विदेश मन्त्रालयले स्पष्ट पारेको छ । सन् २०२० का लागि डिभी लोटरी भरेकाहरुले मे ७ देखि अमेरिकी विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सको वेवसाइटमा गएर आफूलाई डिभी लोटरी परे नपरेको चेक गर्न सक्छन् । डिभी लोटरी …

नेपाली टीपीएसवाहकले २०२० मार्च २४ सम्मको म्याद भएको वर्क परमिट कसरी लिने ?

नेपाली टीपीएसवाहकको वर्क परमिट जुन २४ पछि ९ महिनाका लागि स्वत लम्बिने भएकाले तपाईले पूरानै वर्कपरमिटबाट पनि काम गर्न सक्नुहुनेछ । कुनै शुल्क तिरेर आवेदन दिनुपर्दैन । तर तपाईलाइ सन् २०२० को मार्च २४ सम्मकै म्याद उल्लेख भएको वर्क परमिट बोक्न मन लागेमा तपाईले त्यसका लागि आवेदन दिन सक्नुहुनेछ । त्यसका लागि तपाईले उचित शुल्क …

नेपालको टीपीएस ९ महिनाका लागि स्वत लम्बियो, वर्क परमिट २०२० को मार्च २४ सम्म कायम

नेपालको टीपीएस र त्यसबारेका सम्पूर्ण कागजात जुन २४ पछि ९ महिनाका लागि स्वत लम्बिएको युएससीआइएसले जनाएको छ । युएससीआईएसले आज फेडरल रजिस्टरमा सुचना प्रकाशित गर्दै नेपालीको टीपीएस र त्यसबारेका सबै कागजातको अवधि सन् २०२० को मार्च २४ सम्मका लागि स्वत लम्बिएको जनाएको छ । वर्क परमिटका लागि आवेदन दिएका तर प्राप्त गरिनसकेका नेपाली टीपीएसवाहकहरुले मार्च …

WP Facebook Auto Publish Powered By : XYZScripts.com