इमिग्रेशन विशेष - Page 4 of 287 - KHASOKHAS

इमिग्रेशन विशेष

न्युयोर्क सिटीमा आइसको अपरेशन, ३१ कागजपत्रविहिन पक्राउ

न्युयोर्क सिटीमा आइसले गरेको पाँचदिने अपरेशनका क्रममा ३१ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । न्युयोर्क सिटी, हडसन भ्याली र लङ आइल्याण्डमा आइसले छापा मारेको हो । पक्राउ परेकाहरुमध्ये अधिकांश आपराधिक पृष्ठभूमि भएकाहरु रहेका छन् । दुईदर्जन भन्दा बढीको आपराधिक पृष्ठभूमि रहेको र अरुले पनि देशनिकालाको आदेश पाइसकेको जनाइएको छ ।

ट्रम्पको आदेशमा युएससीआईएसका निर्देशकबाट राजिनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिस्नालाई पद छाड्न निर्देशन दिएका छन् । उक्त निर्देशन पछि जुन १, २०१९ बाट लागु हुनेगरी निर्देशक सिस्नाले पदबाट राजिनामा दिएका छन् । उनले राष्ट्रपति ट्रम्पको अनुरोधपछि राजिनामा दिएको जनाएका छन् । शुक्रबार बेलुका युएससीआईएसका कर्मचारीहरुलाई इमेल पठाएर निर्देशक सिस्नाले युएससीआईएस छाड्दै गरेको जानकारी दिइएको हो । …

आप्रवासीले सरकारी सुविधा लिए स्पोन्सरकर्ताबाट भराउने मेमोमा ट्रम्पको हस्ताक्षर

अमेरिकामा आउने कुनैपनि आप्रवासीले मेडिकेड लगायतका सरकारी सुविधाहरु प्रयोग गरेमा उक्त रकम स्पोन्सरकर्ताबाट भराउने मेमोमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । अमेरिकामा आउने आप्रवासीले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट सरकारलाई भराउने २३ बर्ष पुरानो प्रावधान रहेपनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गरिएको थिएन । बिहिबार ट्रम्पले मेमोमा हस्ताक्षर गरेपछि त्यसको व्यवहारिक कार्यान्वयन हुने जनाइएको …

टीपीएसवाहकलाई नागरिकताको बाटोमा लैजाने बिल संसदको न्यायिक समितिबाट पारित

बाल्यकालमा अमेरिका आएका कागपत्रविहिनहरु र टीपीएसवाहकलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विधयेक अमेरिकी प्रतिनिधिसभाको न्यायिक समितिबाट अगाडि बढेको छ । बुधबार संसदको न्यायिक समितिका डेमोक्र्याट्सहरुले विधयेक अगाडि बढाउने पक्षमा मतदान गरेका थिए । ड्रिम एक्टले बाल्यकालमा अमेरिका आएका झण्डै ३६ लाख कागजपत्रविहिनहरुलाई १० बर्षको ग्रिनकार्ड र ग्रिनकार्ड पाएको ५ बर्षपछि अमेरिकी नागरिकताको बाटोमा लैजान मार्गप्रसस्त गर्नेछ …

अमेरिकाको भिजिटर भिसा र विद्यार्थी भिसा थप्ने आवेदन अब अनलाइनबाटै

अब अमेरिकाको निश्चित प्रकारका भिजिटर भिसा र विद्यार्थी भिसाको अवधि थप्न वा स्टाटस परिवर्तन गर्नका लागि अनलाइनमार्फत नै आवेदन दिन सकिने भएको छ । गैरआप्रवासी भिसा थप्न वा स्टाटस परिवर्तन गर्नका लागि अब फर्म आई ५३९ आवेदन अनलाइनमार्फत नै दिन सकिने भएको छ । सह आवेदकहरु नभएको र कानुनी वा मान्यता दिइएको प्रतिनिधि नभएका एकल …

एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदनमा भिसा बुलेटिनको मिति युएससीआईएसले कार्यान्वयन नगर्ने

एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदन स्वीकृत भइसकेकाहरुका लागि नकारात्मक खबर छ । युएससीआईएसले भिसा बुलेटिनमा प्रकाशित फाइल गर्ने मितिलाई कार्यान्वयन नगरी फाइनल एक्सन मितिलाई कार्यान्वयन गर्ने भएको छ । अब भिसा बुलेटिनमा फाइनल एक्सन मिति हेरेरमात्र आई १४० स्वीकृत भइसकेकाहरुले ग्रिनकार्ड फाइल गर्न युएससीआईएसले सुझाव दिएको छ । जस अन्तरगत जुन महिनामा २२ अप्रिल …

प्वाइन्टमा आधारित ग्रिनकार्डका लागि ट्रम्पको योजना सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिटमा आधारित अध्यागमन प्रणाली निर्माणका लागि आफ्नो बृहत योजना सार्वजनिक गरेका छन् । आज ह्वाइटहाउसको रोज गार्डेनमा दिएको मन्तब्यमार्फत उनले आफ्नो अध्यागमन योजना सार्वजनिक गरेका हुन् । आफूहरुले अमेरिकन कामदारलाई सुरक्षा, ज्याला र जागिरका लागि प्राथमिकता दिने योजना ल्याएको तथा आफूहरुको योजना आप्रवासीपरस्त, कामदारपरस्त र अमेरिकापरस्त रहेको ट्रम्पले बताएका छन् । …

ग्रिनकार्ड, सिमा सुरक्षा लगायतका ६ विषय समेटिएको अध्यागमन योजना घोषणा गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कस्ता आप्रवासीहरुलाई अनुमति दिने भन्ने सन्दर्भको महत्वपूर्ण परिवर्तनको योजना घोषणा गर्ने तय भएको छ । बिहिबार ह्वाइट हाउसको रोज गार्डेनमा विशेष सम्बोधनमार्फत ट्रम्पले यस्तो योजना घोषणा गर्न लागेका हुन् । नयाँ योजना अन्तरगत अमेरिकामा परिवारमा आधारित ग्रिनकार्डलाई निरुत्साहन गरिनेछ भने क्षमतामा आधारित ग्रिनकार्डलाई प्रोत्साहित गरिनेछ । समग्रमा प्रदान गरिने ग्रिनकार्डको …

अगाडि बढेन एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीको प्राथमिकता मिति

एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीको प्राथमिकता मिति जुन महिनामा पनि अगाडि बढेको छैन । १ सेप्टेम्बर २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुले मे महिनामा एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदन दिन पाउने तय भएपनि जुन महिनामा समेत सोही मिति नै कायम रहेको छ । जुन महिनामा पनि मे महिनामा जस्तै १ सेप्टेम्बर २०१८ भन्दा अगाडि प्राथमिकता मिति …

पारिवारिक आधारमा यी नेपालीले पाउनेछन् जुन महिनामा ग्रिनकार्ड

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनामा पारिवारिक आधारमा ग्रिनकार्ड पाउनेहरुको प्राथमिकता मिति प्रकाशित गरेको छ । जसमा नेपालीहरु पनि समेटिएका छन् । भिसा बुलेटिन अनुशार जुन महिनामा अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरुका सन्दर्भमा १५ फरबरी २०१२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड पाउनेछन् । यो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नका लागि अहिले झण्डै …

WP Facebook Auto Publish Powered By : XYZScripts.com