इमिग्रेशन विशेष - Page 3 of 279 - KHASOKHAS

इमिग्रेशन विशेष

टेक्सासमा कार्यस्थलमा एकदशकयताकै ठूलो अध्यागमन छापा, २८० बढी कागजपत्रविहिन पक्राउ

उत्तरी टेक्सासको टेलिकम्युनिकेशन मर्मत कम्पनीमा अमेरिकी अध्यागमनको छापामा २८० भन्दा धेरै कामदारहरु पक्राउ परेका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले काम गर्ने स्थानमा एकदशक यताकै सबैभन्दा ठूलो छापा मारेको जनाइएको छ । आइसको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनका विशेष एजेन्ट क्याट्रिना बर्जरले यो आफूहरुका तर्फबाट कार्यस्थलमा गरिएको १० बर्षयताकै सबैभन्दा ठूलो छापा भएको पुष्टी गरेकी हुन् …

बेलायती नागरिकलाई निःशुल्क भिसा दिने प्रस्ताव युरोपेली संसदद्वारा पारित

युरोपेली संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ । नयाँ कानुन बमोजिम शेनजेन पासपोर्ट अपनाउने युरोपेली मुलुकहरुमा ९० दिनभन्दा कम समयावधिको भ्रमणमा गर्दा बेलायती नागरिकलाई भिसा आवश्यक पर्नेछैन । संसदमा उक्त विधेयकमाथि भएको मतदानमा ५०२ मत पक्ष र ८१ मत …

नेपालको ५ बर्षे मल्टिपल भिसा कन्सुलेट र विमानस्थालबाट जारी नगरिने, पाउने तरिका यस्तो

नेपालीहरूले अमेरिकी भ्रमण भिसामा ५ बर्षे बहुप्रवेश भिसा पाएजस्तै अमेरिकी नागरिकहरूले पनि अब नेपालको भिसा लिंदा ५ बर्षे पर्यटक भिसा लिनसक्ने व्यवस्था कार्यान्वयन भएपनि त्यसको प्रकृया भने केही फरक रहेको छ । त्यस्तो ५ बर्षे मल्टिपल भिसा विदेशमा रहेका नेपाली दूतावास, कन्सुलेट वा नेपाल जाने क्रममा विमानस्थलबाट भने नपाइने भएको छ । पाँच बर्षे मल्टिपल …

अब अमेरिकनले पनि एकैपटक नेपालको ५ बर्षे मल्टिपल भिसा पाउने

नेपालीहरूले अमेरिकी भ्रमण भिसामा ५ बर्षे बहुप्रवेश भिसा पाएजस्तै अमेरिकी नागरिकहरूले पनि अब नेपालको भिसा लिंदा ५ बर्षे पर्यटक भिसा लिनसक्ने भएका छन्। अमेरिका र नेपालका भिसासम्बन्धी व्यवस्थामा समरूपताको स्थापनाले नेपाल आउने अमेरिकी पर्यटक तथा व्यावसायिक प्रतिनिधिहरूको सङ्ख्या तथा बारम्बारतामा वृद्धि गर्ने अवसर सिर्जना गर्ने र जसबाट नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने अमेरिकी दूतावासले विश्वास लिएको …

मेक्सिकोले कदम नचाले सिमानाका बन्द गर्ने ट्रम्पको चेतावनी

मेक्सिकोले कागजपत्रविहिनलाई अमेरिका प्रवेशमा रोक लगाउन कुनै कदम नचाले अर्कोसातादेखि अमेरिका र मेक्सिकोबीचको सिमानाका बन्द गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । ट्रम्पले ट्वीट गर्दै मेक्सिकोले अमेरिकामा दक्षिणी सिमाक्षेत्रबाट काजपत्रविहिनहरु आउने क्रममा रोक नलगाए अर्को सातादेखि सिमानाका बन्द गर्ने चेतावनी दिएका हुन् । फ्लोरिडामा शुक्रबार बोल्दै ट्रम्पले अमेरिकामा कागजपत्रविहिनका लागि अध्यागमन जेलहरु भरिएकोमा …

गतबर्ष टीपीएस पुन दर्ता नगरेका नेपालीले पनि बिलम्ब आवेदन दिनसक्ने

अन्तिम पटक टीपीएस पुनदर्ता नगरेका नेपालीले समेत अब पुनदर्ताका लागि आवेदन दिन सक्ने भएका छन् । सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म टीपीएस रि रजिस्ट्रेशन नगरेका नेपाली टीपीएसवाहकले अहिले टीपीएस रिरजिस्ट्रेशनका लागि फर्म आई ८२१ आवेदन दिनसक्ने युएससीआईएसले जनाएको छ । तर त्यतीबेला रि रजिस्ट्रेशन गर्न नसकेकोबारेमा भने आवेदकले राम्रो कारण पेश …

टीपीएसवाहकले ग्रिनकार्ड पाउने बिल सिनेटमा, पारित भए ९ हजार नेपाली लाभान्वित

बाल्यकालमा अमेरिका आएर कागजपत्रविहिन भएकाहरु र टीपीएसले समेटेकाहरुलाई अमेरिकामा ग्रिनकार्ड आवेदन दिन पाउने व्यवस्था सहितको बिल अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा समेत पेश भएको छ । चारजना डेमोक्रेटिक सिनेटरहरुले मंगलबार सेक्युएर एक्ट नामको उक्त बिल सिनेटमा पेश गरेका हुन् । क्यालिफोर्नियाका डेमोक्रेटिक सिनेटर डायन फेन्स्टेन, मेरिल्याण्डका डेमोक्रेटिक सिनेटर क्रिस भ्यान होलेन र बेन कार्डिन, भर्जिनियाका …

टीपीएस वाहक नेपालीको वर्क परमिट स्वत नविकरण हुने

अमेरिकामा टीपीएस वाहक नेपालीहरुको वर्क परमिट जुन २४ पछि स्वत नविकरण हुने भएको छ । युएससीआईएसको वेवसाइटमा आज प्रकाशित अलर्ट अनुशार नेपाली टीपीएसवाहकको टीपीएससँग सम्बन्धित सबै कागजातहरु सुडान, निकारागुवा, हैटी र एल साल्भाडोरको सरह स्वत नविकरण हुने भएको छ । सुडान, निकारागुवा, हैटी र एल साल्भाडोरको सन्दर्भमा अदालतमा परेको मुद्दा विचाराधिन रहँदासम्म नेपालको टीपीएस पनि …

अमेरिकामा संक्रमणकालिन कामदार कार्यक्रमको आवेदन अप्रिल ४ देखि

अमेरिकी सरकारको युएससीआईएसले कमन वेल्थ अफ नर्दन मारियाना आइल्याण्ड अन्तरगत संक्रमणकालिन कामदार कार्यक्रमका कामदार भिसा आवेदनहरु अप्रिल ४ देखि स्वीकार्न सुरु गर्ने भएको छ । आर्थिक बर्ष २०२० अर्थात् आगामी अक्टोबरबाट काम सुरु गर्ने कामदारहरुका आवेदनहरु अप्रिल ४ देखि स्वीकारिने भएको हो । सीडब्लु वान अन्तरगत फाइल गर्ने त्यस्ता आवेदनका साथमा स्वीकृत टेम्पोरेरी लेबर सर्टिफिकेशन …

युएससीआईएस वा आईआरएस भन्दै रकम माग्ने ठगको फोन आएमा के गर्ने ? (भिडियो टिप्स)

अमेरिकामा युएससीआईएस, आईआरएस वा अरु कुनै निकायबाट भन्दै रकम माग्ने ठगको बिगबिगी रहेको छ । यस्ता ठगहरुबाट कैयन नेपालीहरुले ठगिनेमात्र नभई नेपालीहरुले आफ्ना गोप्य विवरणहरु बुझाउने गरेका छन् । ठगहरुले रकम असुल्नमात्र नभई गोप्य विवरण पत्ता लगाउन पनि फोन गर्न सक्छन् । ठगहरु विभिन्न रुप र शैलीमा आइरहेका छन् । कलर आइडीमा सरकारी नम्बर नै …

WP Facebook Auto Publish Powered By : XYZScripts.com