इमिग्रेशन विशेष - Page 271 of 287 - KHASOKHAS

इमिग्रेशन विशेष

बिप्लवको ‘गोदाम खोल’ अभियान, ५० प्रतिशत मुल्य नघटे कडा संघर्ष

बिप्लव नेतृत्वको नेकपा (माओवादी)ले उपभोग्य वस्तुमा कायम हुनुपर्ने मूल्य सूचीसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाको नेतृत्वको गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा खाद्यन्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुमा चरम मूल्य वृद्धि भएको भन्दै उपभोक्ता मूल्य तोक्न माग गरिएको छ …

प्रधानमन्त्री प्रचण्ड अमेरिका आउँदै, संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघको ७१औं महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेप्टेमबर दोस्रो साता त्यसतर्फ जानुहुने कार्यक्रम तय भएको छ । सेप्टेम्बर १३ मा उद्घाटन गरिने राष्ट्रसंघको महासभामा सेप्टेम्बर २० देखि छलफल सत्र सुरु हुनेछ । ७१ औं महासभालाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले महासभामा ६९ मुलुकका …

मुग्लिनबाट २ सय ८२ किलो चरेश बरामद

चितवनको मुग्लिनबाट आज प्रहरीले दुई सय ८२ किलो चरेश बरामद गरेको छ । १४ वटा बोरामा प्याक गरेर ट्रकमा लुकाईछिपाई लैजादै गरेको २८२ किलो चरेश आज विहान बरामद गरिएको चितवनका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो । काठमाडौबाट चितवनतर्फ जादैगरेको ना ३ ख ६३५२ नम्बरको ट्रकमा खानतलासी गर्दा चरेश बरामद भएको थियो । विशेष सुराकीको …

नेपालमा १५ हजार ४९६ जना लागुऔषध अपराधी पक्राउ, भारतीयको सङ्ख्या अत्यधिक

नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा यसको ओसारपसारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०११ देखि २०१६ अगस्टसम्मको छ वर्षको नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा १५ हजार ४९६ जना लागुऔषध ओसारपसारमा संलग्न अपराधी पक्राउ परेका छन् । सन् २०११ मा दुई हजार एकसय ७४ जना, सन् २०१२ मा …

मानवअधिकार उल्लंघनमा न्युनीकरण र दण्डहीनताको अन्त्यबारे क्यानडाका नेपालीबीच छलफल

-मित्र काफ्ले कन्सर्न नेपाल क्यानाडाको आयोजनामा ब्राम्टनमा मानवअधिकार उल्लंघनका घटनामा न्युनीकरण र दण्डहीनताको अन्त्यबारे छलफल गरिएको छ । नेपालबाट आउनु भएकी महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीको उपस्थीतिमा आयोजित छलफलमा क्यानडाका नेपाली व्यक्तित्वहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा एनआरएन क्यानडाका प्रमुख लगायत पूर्व प्रमुख, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन गोविन्द सिवाकोटीले …

अमेरिकामा निखिता थापाको ‘सयौ आँखा’को भिडियो

-विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो सार्बजनिक भएको छ। यस गीतका गीतकार दिनेश अधिकारी हुन् भने गीत संयोजन तथा व्यवस्थापन हरि लम्सालले गरेका छन् । सेप्टेम्बर ५ तारिख डिसीबाट सार्बजनिक गरिएको यो गीत शम्भु कुमार तन्डुकारले अभिलेख (रेकर्ड्स )गरेका हुन। यस गितमा नेपाल कि चर्चित मोडल …

एन्माको अध्यक्षमा बाला घिमिरे

 अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घिमिरे चयन भएका छन् । एन्मा र नासाको शनिवारदेखि सेण्टलुईसमा भएको संयुक्त सम्मेलनले घिमिरेलाई सर्वसम्वत रुपमा एन्माको अध्यक्ष चयन गरेको हो । सिकागोबासी बाला व्यवसायी हुन् । केही साता अघि उनलाई नेपाल पर्यटन वोर्डले पर्यटन दुत नियुक्त गरेको थियो । एक बर्ष अघिको महाभुकम्पपछि उनी नेपालका लागि सहयोग …

तामाङ सोसाइटी अफ अमेरिकाको भावी अध्यक्षका रुपमा मेरा १८ बुँदे कार्ययोजना

– शान्त थोकर तामाङ सोसाइटी अफ अमेरिका न्युयोर्क राज्यमा सन् २००२ मा दर्ता भएको गैरनाफामुलुक सामाजिक संस्था भएको यहाँहरु सबैमा अवगत नै छ । हाम्रो कर्मभूमि संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेको सम्पूर्ण तामाङहरुलाई संगठित गर्ने र तामाङ संस्कृति र मौलिक परम्परालाई भावी सन्ततिसम्म पुर्याई आफ्नो मौलिक पहिचानलाई प्रवासमा समेत निरन्तरता दिने र नेपालीपनलाई सदा कायम …

बाँकी भुटानी शरणार्थीलाई नेपालमा नै राख्न अमेरिकी आग्रह

अमेरिकी विदेश सहायकमन्त्री निशा देसाई विश्वालले तेस्रो मुलुकमा पुर्नस्थापनापछि बाँकी रहेका भुटानी शराणार्थीलाई नेपालमा राख्न आग्रह गरेको इकान्तिपुरमा प्रकाशित समाचारमा जनाइएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीसँगै भारत आएकी विश्वाल शनिबार नेपाल आइपुगेकी हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेलगत्तै परराष्ट्र मन्त्री प्रकाशशरण महतसँगको भेटमा यस्तो धारणा व्यक्त गरेको चन्द्रशेखर अधिकारीले लेखेको समाचारमा उल्लेख छ। …

नेपालको प्रगति र समृद्धिप्रति अमेरिकाले नजिकबाट सहयोग गर्ने – निशा देशाई विश्वाल

आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति संयुक्त राज्य अमेरिकाले सकारात्मक सहयोग र सद्भाव राखेकामा प्रचण्डबाट आभार प्रकट प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, पुनःनिर्माण तथा स्थानीय निकायको निर्वाचनसहितका आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति संयुक्त राज्य अमेरिकाले सकारात्मक सहयोग र सद्भाव राखेकामा आभार प्रकट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  दक्षिण तथा मध्यएसियाका लागि …

WP Facebook Auto Publish Powered By : XYZScripts.com