इमिग्रेशन विशेष - Page 2 of 287 - KHASOKHAS

इमिग्रेशन विशेष

अमेरिका आउने आप्रवासीलाई मेक्सिकोमै कडाई, २४ घण्टाभित्र देशनिकाला

मेक्सिको र अमेरिकाबीचको सहमतिपछि अमेरिकातर्फ आउँदै गरेका आप्रवासीहरुलाई मेक्सिकोमा नै कडाई गर्न थालिएको छ । मेक्सिकोले आफ्नो सिमानामा सुरक्षा गार्डहरु परिचालन गरेर मेक्सिको हुँदै अमेरिका आउने आप्रवासीहरुलाई पक्राउ गर्न र फिर्ता पठाउन थालेको छ । मंगलबार अधिकारीहरुले एउटा चेकप्वाइन्टमा एकसयजना आप्रवासीहरुलाई पक्राउ गरेर ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो आप्रवासी प्रकृया केन्द्र सिग्लो एक्सएक्सआईमा लगेका थिए । …

जुलाईमा ग्रिनकार्डबाहकले दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० सँगै ग्रिनकार्ड फाइल गर्नसक्ने

आगामी जुलाईमा अमेरिकी ग्रिनकार्डकार्डवाहकले दम्पत्ति र २१ बर्ष नपुगेका अविवाहित छोराछोरीहरुका लागि आई १३० आवेदनसँगै ग्रिनकार्ड आवेदन समेत फाइल गर्नसक्ने कानुनविदहरु रोबर्ट ब्लान्को र जोसेफ बर्नेटले जनाएका छन् । यो अवस्था जुलाईदेखि सेप्टेम्बरसम्म रहने अनुमान गरिएको छ । आई १३० सँगै आई ४८५ ग्रिनकार्ड आवेदन दिनका लागि दम्पत्ति वा छोराछोरी अमेरिकामा नै भएको हुनुपर्छ । …

आगामी सातादेखि लाखौं कागजपत्रविहिनलाई देशनिकाला गर्ने ट्रम्पको चेतावनी

आगामी सातादेखि अमेरिकाबाट दशौं लाख कागजपत्रविहिनहरुलाई देशनिकाला गरिने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । कागजपत्रविहिनहरुलाई आमरुपमा पक्राउ गरेर देशनिकाला गरिने ट्रम्पले चेतावनी दिएका हुन् । सोमबारसाँझ ट्रम्पले ट्वीट गर्दै अमेरिका आउने कागजपत्रविहिनहरुलाई जति छिटो आएका थिए, त्यती नै छिटो देशनिकाला गरिने बताएका छन् । अमेरिकामा झण्डै १० लाख व्यक्तिले अन्तिम देशनिकालाको आदेश पाएर पनि …

युरोपको शेंगेन भिसामा नयाँ नियम, भिसा शुल्कबृद्धिदेखि ५ बर्षे मल्टिपल भिसा

युरोपको शेंगेन भिसामा सहजता ल्याउने गरी गरिएको संसोधनलाई युरोपियन युनियनले औपचारिक रुपमा स्वीकार गरेको छ । नयाँ परिमार्जन सन् २०२० मा शेंगेन क्षेत्रको भ्रमण गर्ने पयर्टकका सन्दर्भमा लागु हुने अपेक्षा गरिएको छ । नयाँ नियमपछि अब युरोपको शेंगेन क्षेत्रको भ्रमण गर्न चाहने पर्यटकहरुले ६ महिना अगाडिसम्म भिसाका लागि आवेदन दिन सक्नेछन् । यस अगाडि शेंगेन …

न्युयोर्क राज्यमा अब कागजपत्रविहिनले पनि ड्राइभर लाइसेन्स पाउने, दुबै सदनबाट बिल पारित

अब न्युयोर्क राज्यमा कागजपत्रविहिनहरुले पनि ड्राइभर लाइसेन्स र स्टेट आईडी प्राप्त गर्ने भएका छन् । न्युयोर्क राज्यको तल्लो सदनले पारित गरेको कागजपत्रविहिनलाई पनि लाइसेन्स प्रदान गर्ने नियमन आज सिनेटबाट पनि पारित भएको छ । डेमोक्रेटिक गभर्नर एन्ड्रयु कुमोले समर्थन गरेको यो विधयेक डेमोक्रेटिक बहुमत रहेको राज्यको सिनेटबाट पारित भएको हो । यो विधयेकले न्युयोर्क राज्यमा …

अमेरिकामा ग्रिनकार्ड र नागरिकताको ब्याकलग चर्को भएपछि कम गर्न राष्ट्रीय रणनीति लागु गरिदै

अमेरिकामा ग्रिनकार्ड र नागरिकता आवेदनको ब्याकलग चर्को भएपछि युएससीआईएसले उक्त ब्याकलग कम गर्न राष्ट्रीय रणनीति बनाएर लागु गर्ने भएको छ । नागरिकताको आवेदन फर्म एन ४०० र ग्रिनकार्डको आवेदन आई ४८५ को निर्णयमा ढिलाई हुँदा आवेदकले निकै लामो समय कुनुपर्ने बाध्यता भएको छ । युएससीआईएसले लोकेशनका आधारमा आवेदनमा प्रकृयाका लागि लाग्ने समय कम गर्ने विशेष …

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ । प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ जना महिना र …

अमेरिकामा एसाइलम खोज्नेले आफ्नै देशमा रहेको दूतावासमा आवेदन दिनुपर्ने बिल सदनमा

अमेरिकामा एसाइलम खोज्नेले आफ्नै देशमा रहेको अमेरिकी दूतावासमा आवेदन दिनुपर्ने प्रावधान सहितको विधेयक अमेरिकी संसदमा पेश भएको छ । सिनेटर लिन्ड्से ग्राहमले सिनेटमा पेश गरेको उक्त विधेयकमा एसाइलमको प्रकृयामा ब्यापक परिवर्तनको प्रस्ताव गरिएको छ । अमेरिकाको दक्षिणी सिमामा आएर नभई मेक्सिको वा सम्बन्धित देशमा रहेको कन्सुलेटमा एसाइलमको आवेदन दिनुपर्ने, कागजपत्रविहिन बालबालिकाहरुलाई २० दिनबाट बढाएर एकसयदिनसम्म …

विहिबार यस्तो अध्यागमन योजना सार्वजनिक गर्दैछन् ट्रम्पले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बिहिबार अध्यागमन सम्बन्धि विशेष योजना सार्वजनिक गर्ने भएका छन् । सिमा सुरक्षाको विषय र मेरिटमा आधारित अध्यागमन प्रणाली समेटिएको उक्त योजनाले अति दक्ष र उच्च शिक्षा हासिल गरेकाहरुलाई प्राथमिकता दिने जनाइएको छ । बुधबारमात्र सिनेटर लिन्ड्से ग्राहमले एसाइलमको प्रकृयालाई बदल्ने एउटा बिल सदनमा पेश गरेका थिए । ह्वाइट हाउसको प्रस्ताव …

मेक्सिकोले सार्वजनिक गरिदियो अमेरिकासँग अध्यागमन सहमति (पूर्ण पाठसहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक नगरेको मेक्सिकोसँगको सहमति मेक्सिकोले सार्वजनिक गरेको छ । मेक्सिको हुँदै अमेरिका आउने कागजपत्रविहिन आप्रवासीको प्रवाह रोक्न चाल्ने कदमबारेको उक्त सहमतिमा ४५ दिने समयसिमा तोकिएको छ । ४५ दिनभित्र मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने आप्रवासीको रोकावटमा प्रभावकारी कदम चाल्न नसकिएमा त्यसपछि मेक्सिकोको सरकारले आवश्यक कदम चाल्ने सहमतिमा जनाइएको छ । सहमतिमा गत …

WP Facebook Auto Publish Powered By : XYZScripts.com