इमिग्रेशन विशेष - KHASOKHAS

इमिग्रेशन विशेष

एसाइलम आवेदकलाई अबदेखि धरौटीमा रिहा नगर्ने रुलिङबिरुद्ध अदालत जाने चेतावनी

सिमाक्षेत्रबाट विनाभिसा प्रवेश गरी क्रेडिबल फियर अन्तरवार्ता पास गरिसकेका एसाइलम आवेदकलाई अदालती प्रकृयासम्मका लागि धरौटीमा रिहा गर्ने पुरानो प्रावधान अन्त्यगर्ने महान्यायाधिवक्ताको कदमबिरुद्ध अदालत जाने आप्रवासी अधिकारवादी संस्थाहरुले चेतावनी दिएका छन् । अध्यागमन न्यायाधिसको निर्णयलाई उल्टाउन सक्ने अधिकारलाई प्रयोग गरेर महान्यायाधिवक्ताले धरौटीमा रिहा गर्ने प्रावधान अन्त्य गरेपछि अधिकारवादीहरु संघीय अदालतमा जाने तयारी गरिरहेका छन् । अमेरिकन …

नेपालीको टीपीएसको स्थायी समाधानको माग गर्दै कँग्रेसम्यान पिटर किङ्गलाई ज्ञापन पत्र

अमेरिकी सरकारले अमेरिकामा बस्ने नेपालीहरुलाई प्रदान गरेको टीपीएस सुविधाको स्थायी समाधानको माग गर्दै कँग्रेसम्यान पिटर किङ्गलाई ज्ञापन पत्र बुझाइएको छ । लंग आईल्याण्ड नेपाली समाजका अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा टीपीएसको स्थायी समाधानको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । ज्ञापन पत्र बुझाउने टोलीमा अधिकार संस्थाकी प्रार्थना गुरुङ, अरुणा बास्कोटा, समाजका उपाध्यक्ष कल्पना थापा, एनआरएनए न्युयोर्क च्याप्टरका …

अमेरिकामा एसाइलम आवेदकलाई धरौटीमा छाड्ने १४ बर्षदेखिको अभ्यास अन्त्य, अब जेलमै बस्नुपर्ने

अमेरिकामा सिमाक्षेत्रबाट विनाकागजात प्रवेश गरेका एसाइलम आवेदकलाई अदालती सुनुवाईसम्मका लागि धरौटीमा रिहा गरिने १४  बर्षदेखिको अभ्यास अन्त्य गरिएको छ । अब एसाइलम आवेदकले अदालती सुनुवाईसम्म अध्यागमन जेलमा नै बिताउनुपर्ने भएको छ । नयाँ रुलिङको कार्यान्वयन भने ९० दिनपछि हुने भएको छ । अध्यागमन हिराशतमा धेरै आप्रवासीहरुलाई राख्ने क्षमता आइससँग नभएकाले बिस्ताराका लागि थप स्थान बनाउनका लागि …

जेलमा रहेका एसाइलम आवेदकलाई अब धरौटीमा नछाडिने, पहिले छाडिएकालाई पनि जेलमा राख्न सकिने

एसाइलमको क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरिसकेर पूर्ण सुनुवाईको प्रतिक्षा गरिरहेका एसाइलम आवेदकलाई बण्डमा नछाड्ने महान्यायाधिवक्ता विलियम बारले नयाँ रुलिङ गरेका छन् । यो रुलिङ पछि सिमाक्षेत्रबाट प्रवेश गरेर अध्यागमन जेलमा सुनुवाई कुरिरहेकाहरुलाई अब बण्डमा नछाडिने भएको छ । अब सिमाक्षेत्रबाट प्रवेश गरेर क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरेकाहरुलाई अनिवार्य रुपमा अध्यागमन जेलमा राखिने भएको छ । …

धेरै ओभरस्टे हुने देशका नागरिकलाई भिसा प्रतिबन्ध लगाउने अमेरिकी सरकारको तयारी

अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा आएर भिसा सकिएपछि पनि नफर्कने अर्थात् धेरै ओभरस्टे हुने देशका नागरिकलाई अमेरिकी भिसामा प्रतिबन्ध लगाउने वा कडाई गर्ने तयारीमा ट्रम्प प्रशासन लागेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई उद्धत गर्दै यसबारे वाल स्ट्रीट जर्नलले रिपोर्ट प्रकाशित गरेको छ । आर्थिक सन् २०१७ मा अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा आएर …

मे र जुन महिनाका लागि नेपाली डिभी विजेतालाई तोकियो कोटा

आगामी मे महिनामा ४९२५ सम्म केसनम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउने भएका छन् । आर्थिक बर्ष २०१९ का लागि डिभी विजेताहरुले अहिले अमेरिकाको भिसा पाइरहेका छन् । उनीहरुले सन् २०१७ को अक्टोबरमा डिभी लोटरी भरेका थिए । जुन महिनामा भने ५७७५ सम्म केस नम्बर हुने नेपाली डिभी लोटरी विजेताहरुले भिसा प्राप्त गर्नेछन् । अमेरिकी …

भिसा बुलेटिन : ग्रिनकार्ड होल्डरका यी दम्पत्ति र छोराछोरीलाई मे महिनामा ग्रिनकार्ड

अमेरिकी ग्रिनकार्ड होल्डरका सन् २०१७ को मे १५ भन्दा अगाडि प्राथमिकता मिति हुने दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले मे महिनामा ग्रिनकार्ड पाउने भएका छन् । अमेरिकी सरकारको विदेशमन्त्रालयबाट प्रकाशित भिसा बुलेटिन अनुशार ग्रिनकार्ड होल्डरका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि सन् २०१७ को मे १५ भन्दा अगाडि प्राथमिकता मिति हुनेगरी फाइल …

एसाइलम कानुनमा परिवर्तनसँगै दुईदलीय बिधयेक ल्याउन म्याक्कोनेलको आब्हान

अमेरिकी सिनेटमा बहुमतप्राप्त रिपब्लिकन दलका नेता मिच म्याक्कोनेलले एसाइलम कानुनमा परिवर्तनसँगै मुलुकको अध्यागमन समस्या समाधानका लागि दुईदलिय बिधयेक ल्याउन आब्हान गरेका छन् । दुईसाता लामो सिनेटको विश्राम अगाडि बिहिबार पत्रकारहरुसँग कुरा गर्दै मेक्सिकोको सिमाक्षेत्रमा उत्पन्न संकट समाधानका लागि दुईदलीय सहमति कायम गर्न आवश्यक रहेको बताएका छन् । अमेरिकाका र मेक्सिकोको सिमाक्षेत्रबाट आप्रवासीहरुको संख्या बढेपछि अमेरिकी …

क्यालिफोर्निया फर्म चलाउने नेपाली भिसा फ्रडको अभियोगमा फन्दामा, अदालती सुनुवाई मे १३ मा

दुईजना भारतीयसँग मिलेर कामदार भिसा फ्रड गरेको अभियोगमा क्यालिफोर्नियामा कन्सल्टिङ फर्म चलाउने एकजना नेपाली फन्दामा परेका छन् । सान्ता क्लारामा नानोसेमान्टिक्स इन्क संचालन गर्ने ४२ बर्षीय सन्तोष गिरीलाई गतसाता पक्राउ गरेर अदालतमा पेश गरिएको थियो । गिरीसँगै दुईजना भारतीयलाई पनि पक्राउ गरेको छ । बे एरियामा सफ्टवेयर र टेक्नोलोजी कम्पनीमा कामदारहरु उपलब्ध गराउने नाममा उनीहरुले …

ट्रम्पको यात्रा प्रतिबन्ध उल्टाउने बिल सिनेटमा

डेमोक्रेटिक सिनेटरहरु क्रिस्टोफर कुन्स र जुडी चुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध उल्टाउने बिल सिनेटमा पेश गरेका छन् । पाँचवटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको नीतिलाई उल्टाउने उक्त बिलको नाम नो बान एक्ट रहेको छ । यो बिल पारित भएमा यात्रा प्रतिबन्ध लगाउने ट्रम्पका तीनवटै भर्सनलाई उल्टाउनेछ । …

WP Facebook Auto Publish Powered By : XYZScripts.com