मुख्यमन्त्रीको आदेशपछि शिक्षकमाथि यस्तो व्यावहार …….


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

विगत १२ दिनदेखि धर्नामा बसेका अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले आफुहरुको माग पुरा नभएको भन्दै बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी चक्काजाम गरेका छन । चक्काजामको क्रममा उनीहरुमाथि मुख्यमन्त्री लालबाबस राउतको निर्देशनमा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै उनीहरु अषाढ १९ गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी धर्नामा बसेका हुन । जीवनको महत्वपुर्ण समय मुलुकको शिक्षा क्षेत्रमा बिताएको र बुढेशकालमा सरकारले आफुहरुको रोजगारी खोसेको उनीहरुको आरोप छ ।

बुधबार चक्काजाम गर्ने क्रममा मुख्यमन्त्री कार्यालय अगाडी प्रहरी र आन्दोलनरत शिक्षकहरुबिच सामान्य झडप समेत भएको छ । चक्काजामका कारण त्यस क्षेत्रको आवतजावत पनि केहिबेर प्रभावित भएको थियो ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको रोजगार खोसिएको दुःखेसो सुनाए । संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यस्था गरिएपनि सरकारले आफुहरुलाई चक्काजाम गर्न वाध्य बनाएको संयोजक यादवले बताए ।

संयोजक यादवले प्रदेशका मुख्यमन्त्री समेत धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै पहल नगरेको आरोप लगाए । उनलै आज उल्टै मुख्यमन्त्रीकै निर्देशनमा आफुहरुमाथि प्रहरीले लाठीचार्ज गरेको आरोप लगाए ।

यता,प्रहरीमाथि हातपात गरेको भन्दै शशिकला भट्टराई,जुरनी मण्डल,रेखा कापड,किरण यादव,मुकेश तिवारी,आनन्द चौरसिया,सलिम अन्सारी लगायतका शिक्षक शिक्षिकाहरुलाई प्रहरी पक्राउ गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com