आफ्नी पूर्व प्रेमिका ऐश्वर्याको विवेकले मजाक बनाएपछी सोनम आक्रोशित


प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार

नायिका ऐश्वर्या राय वच्चन र नायक विवेक ओवराय कुनै समय प्रेममा थिए । तर, पछि बिबेक र ऐश्वर्याको प्रेम टुट्यो । प्रेममा अलग भएर आफ्नो आफ्नो जिन्दगी जिउँदै गर्दा यी दुइको चर्चा भने सेलाएको छैन । भारतमा हालैमात्र लोकसभाको चुनाव भएको छ ।

अहिले कुन पार्टीले चुनाव जित्ने भनेर अड्कलबाजी सुरु भैरहेका छन् । यसैविच, नायक ओवरायले हालै मात्र एक ट्रोल शेयर गरेका छन् । विवेकले शेयर गरेको ट्रोलमा उनकी पूर्व प्रेमिका ऐश्वर्यालाई मजाक बनाइएको छ ।

विवेकले यो ट्रोल शेयर गरेपछि उनलाई फ्यान र बलिउड कलाकारको गाली आएको छ । नायिका सोनम कपुरले लेखेकी छिन्–‘यो निकै नै घिनलाग्दो र तल्लोस्तरको छ ।’ विवेकले शेयर गरेको ट्रोलमा ऐश्वर्या र सलमानको प्रेमलाई ओपिनियन पोल भनिएको छ । यस्तै, विवेक र ऐश्वर्याको प्रेमलाई इक्जिट पोल भनिएको छ भने अभिषेक बच्चन, ऐश्वर्यासँग उनीहरुको छोरीको तस्बिरमा रिजल्ट भनिएको छ ।

विवेकले आफ्नी पूर्व प्रेमिकाको यस्तो खालको ट्रोल गरेपछि उनीमाथि बलिउडकर्मी भड्किनु स्वभाविक पनि हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com