अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउन परे के गर्ने ?


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

अमेरिकी ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउनु परेमा नेपालकै ड्राइभिङ लाइसेन्स लिनुपर्छ । तर त्यसका लागि लिखित र प्रयोगात्मक परीक्षाहरू दिनुपर्दैन ।

नेपाली कानुन अनुसार नेपालभित्र सवारी साधन चलाउन अमेरिका वा संसारका जुनसुकै देशका नागरिकले पनि नेपालकै ड्राइभिङ लाइसेन्स लिनुपर्छ । अमेरिकी ड्राइभिङ लाइसेन्स शपथपत्र र आफ्नो प्रादेशिक वा अन्तर्राष्ट्रिय लाइसेन्स पेश गरेपछि नेपालको यातायात व्यवस्था विभागले त्यसको आधारमा नेपाली ड्राइभिङ लाइसेन्स प्रदान गर्छ ।

यो फर्म दूतावासमा उपलब्ध छ र यसका लागि अनलाइन अपोइन्टमेन्ट लिनुपर्छ । अप्वाइन्टमेन्टका लागि यहाँ क्लिक गर्नुहोला । अपोइन्टमेन्टका बेला ५० डलर शुल्क तिरी आफ्नो ड्राइभिङ लाइसेन्स देखाउनुहोला ।

नोटरी गरिएको शपथपत्र लिई आफ्नो ड्राइभिङ लाइसेन्ससमेत एकान्तकुना ललितपुर, चावहिल काठमाडौं, जगाती भक्तपुर वा स्वयम्भू ठूलो भर्‍याङ काठमाडौं स्थित यातायात व्यवस्था कार्यालयमा जानुपर्छ ।

त्यहाँ तपाईंको आँखाको जाँच गरेपछि लिखित र प्रयोगात्मक परीक्षा विना नै तपाईलाई नेपालको लाइसेन्स प्रदान गरिनेछ । र तपाईले उक्त लाइसेन्सका आधारमा नेपालमा गाडी चलाउन सक्नुहुनेछ ।

श्रोत : अमेरिकी दूतावास काठमाडौं

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com