युससीआईसमा पेन्डिङ एसाइलम अगाडि सार्न सकिने


प्रकाशित मिति : माघ २०, २०७५ आईतबार

युएससीआईएसमा पेन्डिङ रहेका केही निश्चित प्रकारका एसाइलमका आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिने अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । युएससीआईएसले हाल नयाँ एसाइलम आवेदनको अन्तरवार्ता छिटो तर पहिले नै दिइएका पुराना आवेदनको अन्तरवार्ताका लागि बर्षौ लगाउन थालेको सन्दर्भमा जीसीले निश्चित प्रकारका आवेदनका सन्दर्भमा अन्तरवार्ता मिति अगाडि ल्याउन सकिने बताउनुभयो ।

फेसबुकमा हेर्नुहोस् ।

दशौं हजार ग्रिनकार्ड र भिसाका आवेदन स्वीकृत गराइसक्नुभएका सुपरलयर जीसीले स्वास्थ्य अवस्था, नेपालमा भएको परिवारका लागि बढेको जोखिम लगायत आफ्नो अवस्थामा परिवर्तन भएको सन्दर्भमा शीघ्र अन्तरवार्ताका लागि अनुरोध गर्न सकिने बताउनुभएको छ । टक अफ द टाउन इमिग्रेशन अपडेटको पहिलो श्रृंखलामा पत्रकार किशोर पन्थीसँग कुरा गर्दै जीसीले एसाइलमको बदलिएको अवस्थाबारे जानकारी र विभिन्न टिप्सहरु दिनुभएको छ । कार्यक्रम न्युयोर्क समय अनुशार आज बेलुका ७ बजे एबीसी टेलिभिजन र खसोखास मार्फत प्रशारण हुनेछ ।

अब हरेक आइतबार बेलुका ७ बजे प्रशारण हुने उक्त कार्यक्रममा अमेरिकामा रहेका चर्चित नेपाली कानुन व्यवसायीहरु केशव सेडाई, खगेन्द्र जीसी र रमेश श्रेष्ठले अध्यागमन अपडेटबारे जानकारी गराउनुहुनेछ । साथै अमेरिकी अध्यागमनका सन्दर्भमा दर्शकहरुका प्रश्नको जवाफ र टिप्सहरु समेत दिनुहुनेछ ।

युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् ।

आज आइतबार प्रशारण हुने कार्यक्रममा खगेन्द्र जीसीले अमेरिकामा सरकार शटडाउनका कारण स्थगित भएका नेपालीका दर्जनौं केसहरुको अवस्था, आवेदकले जान्नुपर्ने कुराहरु, एसाइलमका सन्दर्भमा आएको नयाँ नियमपछि आवेदकलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको पठाउने नियमबाट नेपालीहरु कत्तिको प्रभावित हुनेछन् भन्नेबारे जानकारी र टपटेन प्रश्नहरुको जवाफ समेत दिनुहुने भएको छ ।

युट्युबमा हेर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com