अमेरिकामा एसाइलम प्रकृयामा अपडेट, कार्यान्वयन जुन ३० बाट


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

अमेरिकी सरकारले अभिभावकविनाका बालबालिकाहरुले फाइल गर्ने एसाइलम आवेदनको प्रकृयामा अपडेट गरेको छ । मे ३१ मा युएससीआईएसले एसाइलम अफिसका कर्मचारीका नाममा पठाएको आन्तरिक सर्कुलर ३० दिनभित्र कार्यान्वनमा ल्याउन निर्देशन दिइएको छ ।

नयाँ निर्देशिकाले ओबामा कार्यकालमा सन् २०१३ को मे २८ मा जारी गरिएको मेमोलाई परिमार्जन गरेको छ । नयाँ मेमो लागु हुनुभन्दा अगाडि अहिले यस सन्दर्भमा एसाइलम अफिसरहरुलाई मुख्यालयका तर्फबाट तालिमको निर्देशिका समेत जारी गरिएको छ ।

अभिभावकविनाका बालकालिकाहरुका लागि एसाइलम आवेदन दिनका लागि एकबर्षको समयसिमा लाग्दैन । त्यस्ता बालबालिकाहरु भने १८ बर्ष उमेर नपुगेकाहरु हुनुपर्छ । अपडेट गरिएको प्रकृयाले खासगरी देशनिकालाको प्रकृयामा रहेका र एसाइलम आवेदन दिन चाहने १८ बर्ष मुनिका अमेरिकामा अभिभावक नभएका बालबालिकाहरुलाई प्रभाव पार्नेछ ।

यसबारे युएससीआईएसले अपनाउन लागेको सम्पूर्ण प्रकृयाको विवरण यहाँ पढ्नुहोला ।

युएससीआईएसले जुन ३० सम्म अनिर्णित रहेका सबै आवेदनका सन्दर्भमा आवेदकले अभिभावकविहिन बालबालिकाको मापदण्ड पूरा गरे नगरेकोबारे पुनरावलोकन गर्ने भएको छ ।

यद्यपी सुरुमा फाइल गर्ने एसाइलमको प्रकृया भने आवेदक शरणार्थी पुनर्वास कार्यालयको हिराशतमा भएपनि नभएपनि एउटै नै हुनेछ । यदि हिराशतमा भएको खण्डमा शरणार्थी पुनर्वास कार्यालयले स्थानीय एसाइलम अफिससँग समन्वय गर्नेछ ।

नयाँ निर्देशिकाको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com