एसाइलमको अदालती सुनुवाईसम्म मेक्सिको फिर्ता पठाउने नीति शुक्रबारदेखि कार्यान्वयन नहुने


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेलाई मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनको नीति कार्यान्वयन नगर्न अदालतले प्राथमिक आदेश जारी गरेको छ । संघीय न्यायाधिस रिचार्ड सिबर्गले ट्रम्प प्रशासनको यस्तो नीतिबाट एसाइलम आवेदकलाई हुने जोखिमबारे नजरअन्दाज गरिएको भन्दै नीति कार्यान्वयन नगर्न आदेश दिएका हुन् ।

न्यायाधिसको आदेश शुक्रबारदेखि कार्यान्वयन हुने जनाइएको छ । भर्खरै बहिर्गमनमा परेकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिकोमा फिर्ता पठाउने नीतिको घोषणा गरेकी थिइन् । क्यालिफोर्नियाको सान डिएगोबाट कार्यान्वयन सुरु गरिएको उक्त नीति ट्रम्प प्रशासनले अन्य नाकाहरुमा बिस्तार गर्ने योजना बनाएको थियो ।

अदालतको पछिल्लो प्राथमिक आदेशलाई ट्रम्प प्रशासनको अध्यागमन नीतिमाथिको पछिल्लो पराजयका रुपमा लिइएको छ । अमेरिकी अध्यागमनका क्षेत्रमा ट्रम्प प्रशासनले एकपछि अर्को कडाई गरिरहँदा एकपछि अर्को कानुनी चुनौतीको समेत सामना गरिररहनु परेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com