दम्पत्तिका लागि फाइल गरिने ग्रिनकार्ड आवेदनमा कडाई


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

अमेरिकी सरकारको युएससीआईएसले दम्पत्तिका लागि फाइल गरिएका ग्रिनकार्ड आवेदनमा निर्णय लिनु अगाडि सावधानी अपनाउन कर्मचारीहरुलाई निर्देशिका जारी गर्ने जनाएको छ । शुक्रबार युएससीआईएसले गरेको घोषणा अनुशार अब यस्ता आवेदनबारे निर्णय गर्दा अतिरिक्त सावधानी अपनाइने भएको छ ।

युएससीआईएसले आफ्ना माताहतका अधिकारीहरुलाई जुन स्थानमा विवाह गरिएको वा उत्सव मनाइएको छ, उक्त स्थानको कानुन अनुशार विवाह बैध हुनुपर्ने कुरालाई सावधानीका साथ हेर्न निर्देशन दिएको छ । यदि दम्पत्तिहरु विवाह गरेको र उत्सव मनाएको स्थानभन्दा बाहिर बस्ने भएमा अहिले उनीहरु बस्ने अमेरिकाको राज्यमा उक्त विवाहले बैध मान्यता पाएको हुनुपर्नेछ । उक्त विवाहले राज्यको सार्वजनिक नीति नियमको उल्लंघन गरेको हुनु हुँदैन । १८ बर्षभन्दा कम उमेरका व्यक्तिको विवाहमा उक्त विवाह कानुनी हिसाबले बैध, सही र विवाह हुनेको पूर्ण मञ्जुरी सहितको हुनुपर्नेछ ।

युएससीआईएसले दम्पत्ति वा मंगेतरमध्ये एकजना १८ बर्षभन्दा कम उमेरको भएको पाइएमा स्वत त्यस्तो आवेदन विद्युतीय प्रणालीबाट छुट्याएर विशेष युनिट समक्ष पुर्याउने र उक्त युनिटले सबै कुराको प्रमाणिकरण गरिसकेपछिमात्र आवेदन स्वीकार गर्ने जनाइएको छ । नयाँ प्रावधानपछि आवेदक वा आवेदन दिने कानुन व्यवसायीहरुले दम्पत्तिको आई १३० आवेदन दिंदा थप सावधानी अपनाउनुपर्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com