४ बर्ष अगाडि एसाइलम स्वीकृत भएको अहिलेसम्म ग्रिनकार्ड आएन, के गर्ने ?


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

मेरो एसाइलम स्वीकृत भएको ४ बर्ष भइसक्यो, तर ग्रिनकार्ड आएको छैन । मैले एसायलम स्वीकृत भएको ५ बर्षपछि सिधा अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्छु ?

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि सामान्यतया ग्रिनकार्ड प्राप्त गर्न जरुरी छ । ग्रिनकार्ड नै नआईकन अमेरिकी नागरिकताका लागि आवेदन दिन मिल्दैन । तपाईले पाँचबर्षको मापदण्ड पूरा गरेको हुनुपर्छ । तर तपाईको ग्रिनकार्ड आवेदन अहिलेसम्म पनि स्वीकृत नभएको अवस्थामा यदि तपाई संघीय अदालतमा जानु भएको खण्डमा ६० दिनभित्र यसबारे निर्णय पाउन सक्नुहुनेछ ।

ग्रिनकार्ड कहिलेको मितिमा जारी भएको छ, त्यसपछि पाँचबर्ष गणना गरेरमात्र उनीहरुले नागरिकता जारी गर्छन् । पाँचबर्ष अगाडि नै पाउनुपर्ने तर युएससीआईएसको गल्तीले नपाएको भनेर अमेरिकी सरकारले स्वीकार गर्दैन । यस्तो सन्दर्भमा ग्रिनकार्ड जारी भएको मितिले पाँचबर्ष पूरा हुनु ९० दिन अगाडि अमेरिकी नागरिकताका लागि आवेदन दिनसकिन्छ ।

(यो प्रश्नको जवाफ न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीले दिनुभएको हो । यदि तपाईले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । कुनै प्रश्न भएमा [email protected]मा इमेल गर्नुहोला ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com