भारतविरुद्ध महिला फूटबलमा नेपालको ऐतिहासिक जित


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा भएको महिला फुटबल खेलमा नेपालको जितेको छ । नेपालको महिला टिमले भारतको महिला टिमलाई २–१ गोलले हराएको हो ।नेपलाले भारतमाथि ऐतिहासिक जित हात पारेका छन् । सावित्रा भण्डारीले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले विजय प्राप्त गर्न सफल भएको हो । भन्डारीले खेलको पाँचौँ र सातौँ मिनेटमा गरेको गोलबाट नेपाललाई जिताउन सहयोग मिल्यो भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरिन् ।

सोमबार हिरो वुमन्स गोल्डकप अन्तर्गतको खेलमा नेपालको महिला टिमले भारतको महिला टिमलाई पराजित गरेका छन् । नेपाली समयानुसार साँझ ७ बजेदेखि नेपाल र भारतबीचको खेल शुरु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com