अरबाजसँग डिभोर्सबारे बल्ल मुख खोलिन मलाइका


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

बलिउड अभिनेत्री मलाइका अरोडा अर्जुन कपूरसँग रिलेशनले गर्दा चर्चामा रहेकी छन् । मलाइका र अर्जुन हरेक कार्यक्रममा एक साथ पुगेका हुन्छन् ।

मलाइका र अरबाज खानको डिभोर्स भएको लामो समय भइसक्यो । अरबाज पनि रिलेशनशिपमा छन् । तर पनि उनीहरुको डिभोर्सको कुरा सेलाउन सकेको छैन । मलाइकाले डिभोर्सबारे स्पष्ट्र पार्दै भनिन, ‘हामी दुवैले सहमतिमा डिभोर्स लिएका हौं ।

जिन्दगीको अरु निर्णय जस्तै यो निर्णय पनि निकै कठिन थियो । डिभोर्स लिएर दुवैले राम्रो जिवन जिउन सक्छौ भनेर छुट्टिने निर्णय गरेका हौं । मान्छेहरुलाई जे गरेपनि हुँदैन केहि न केहि कुरामा दोषी देखाइहाल्छन् ।’

उनले भनिन, ‘यदि सिर्फ मेरो लागि मात्र हुन्थ्यो भने म डिभोर्स लिन्न थिए । मेरो आसपासका व्यक्तिहरुको खुशीको लागि पनि डिभोर्स लिन आवश्यकता थियो । जीवनको यति ठूलो फैसला लिएको छु यो मेरो एक्लैको निर्णय होइन । मलाई लाग्छ, हामीले जीवनमा हरेक नाफा घाटालाई विचार गरेर यो निर्णय लिएका हौं ।’

मलाइका र अरबाजको एक छोरा अरहान खान छन् । अरहान आमासँगै भएपनि बुबासँग पनि राम्रो सम्बन्ध रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com