फेसबुक मार्फत बनेकाे साथीले बन्धक बनाएर ६ दिनसम्म बलात्कार
प्रकाशित मिति : जेष्ठ ७, २०७६ मंगलबार
फेसबुक मार्फत साथी बनेर जनकपुरका एक युवकले ललितपुरकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको रहस्य खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं २ शिवचोक बस्ने अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला सातदोबाटो बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो ।
फेसबुक मार्फत नै उनीहरु सम्पर्कमा आएका थिएभने उत्सवले ती किशोरीलाई विभिन्न प्रलोभन दिएर आफ्नो बहसमा ल्याएका थिए । फेसबुक मार्फत नै उनीहरुबीच सम्पर्क भएपछि केही दिन गगाडी ती किशोरीलाई उत्सवले भेट्न बोलाएका थिए ।
भेटन आएपछि उनलाई आफ्नो मोटरसाईकलमा राखेर अपहरण गरी गुप्ताले आफ्नो कोठामा लगेर ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरले जनाएको छ । किशोरी बेपत्ता भएपछि प्रहरीले खोजविन सुरु गरेका थिए ।
गुप्ताले प्रहरी खोज्न थालेको खबर पाएपछि युवतीलाई महालक्ष्मी स्थानमा लगेर छाडेपछि फारर रहेका छन् । गुप्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ ।