धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत आवश्यक :डा. कोइराला


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।

होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक छ । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत लिनुपर्छ ।’ कोइरालाले धर्म निरपेक्ष वा सापेक्ष हुन नसक्ने बताए ।

कांग्रेस नेतृत्वको सरकारले नै संविधान जारी गरेर मुलुक गणतन्त्रमा गई कार्यान्वयन भइरहेको अवस्थामा महामन्त्री कोइरालाले संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नु पर्ने धारणा व्यक्त गरेका हुन् ।

कोइरालाले धर्म निरपेक्षका विषयमा जनमत संहग्र गनुपर्ने संग्रह गर्नुपर्ने धारणा यसअघि पनि व्यक्त गर्दै आएका थिए । संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति भने उनले पहिलोपटक सार्वजनिक गरेका हुन् । याे समाचार नवीन झाले अन्नपूर्णमा लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com