एसाइलम पेन्डिङ रहेको अवस्थामा ग्रिनकार्ड हुनेसँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ?


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

मेरो एसाइलम पेन्डिङ अवस्थामा रहेको छ, मैले ग्रिनकार्ड भएको व्यक्तिसँग विवाह गरेमा ग्रिनकार्ड पाउन सक्छु कि सक्दिन ?

यदि तपाईको एसाइलम युएससीआएसमा नै पेन्डिङ अवस्थामा रहेको छ । र तपाई एसाइलम आवेदन दिनुभन्दा अगाडि अद्यावधिक भिसामा हुनुहुन्थ्यो भने तपाईले ग्रिनकार्ड होल्डरसँग विवाह गर्न सक्नुहुन्छ । तर विवाह गरेपछि अहिले ग्रिनकार्ड पाउनका लागि झण्डै २ बर्षको अवधि लाग्छ । त्यतीन्जेलसम्म अमेरिकामा तपाईको उपस्थीति गैरकानुनी हुनुहुँदैन । यदि तपाईको त्यस्तो अवस्था हो भने ग्रिनकार्ड पाउन सक्नुहुन्छ ।

यदि तपाई विद्यार्थी वा अरु कुनै भिसामा हुँदाहुँदै टीपीएस लिएर ग्रिनकार्ड होल्डरसँग विवाह गर्नुभएको खण्डमा पनि यो विधिबाट ग्रिनकार्ड पाउन सक्नुहुन्छ । तर याद राख्नुहोस्, विवाह भैसकेपछि पनि तपाईको उपस्थीति गैरकानुनी हुनुहुँदैन । तर तपाईको केस अदालतमा गइसकेको छ भने अमेरिकामा ग्रिनकार्डवाहकसँग विवाह गरेर ग्रिनकार्ड पाउन गाह्रो छ ।

यदि तपाईले युएससीआईएसमा एसाइलम आवेदन दिनु अगाडि नै तपाईको अमेरिकामा गैरकानुनी उपस्थीति थियो भने पनि तपाईले एसाइलम पेन्डिङ रहेको अवस्थामा अमेरिकामा ग्रिनकार्ड होल्डरसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गर्न सक्नुहुनेछैन ।

(यो प्रश्नको जवाफ न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीले दिनुभएको हो । यदि तपाईले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । कुनै प्रश्न भएमा [email protected]मा इमेल गर्नुहोला ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com