गैरआवासीय नागरिकताको बिषय, सरकारको प्राथमिकतामा : मन्त्री ज्ञवाली


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपाली नागरिकता दिने बिषयमा सरकार गम्भीर रहेको बताएका छन् । राष्ट्र संघको महासभा बैठकका लागि अमेरिमा रहेका मन्त्री ज्ञवालीले संसदमा बिभिन्न चरणमा छलफल जारी रहेको र छिट्टै निश्कर्षमा पुग्ने जानकारी दिए ।

एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरले आयोजना गरेको गैरआवासीय नागरिकता बिषयक कार्यक्रममा मन्त्री ज्ञवालीले समृद्ध नेपाल सुखी नेपालीको नारा सहित एनआरएनलाई बिकास साझेदार बनाउने सरकारको लक्ष्य रहेको जनाउँदै, सामाजिक, साँस्कृतिक र आर्थिक अधिकार सहितको नागरिकता दिने बिषयमा सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले पर्यटन बर्षलाई सफल बनाउनका लागि बिदेशमा रहेका नेपालीहरुको ठुलो भूमिका हुनेमा जोड दिँदै त्यसका लागि सकारात्मक पहल गर्न उपस्थित सबैमा जानकारी गराएका छन् । भ्रमण बर्ष समृद्धिको अर्को आधार स्तम्भ भएकाले पनि सरकारले सबैबाट सहयोगको अपेक्षा गरेको जानकारी दिए ।

न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा स्थायी नियोगका प्रमुख अमृत राई, बाणिज्य दूतावास न्यूयोर्कका महाबाणिज्यदूत पुष्पराज भट्टराई, एनआरएनए अमेरिका पूर्व अध्यक्ष खगेन्द्र जिसी, एनआरएनए अमेरिका उपाध्यक्ष बिआर लामा, अमेरिकाज क्षेत्रिय उपसंयोजक नविन शेरचन लगायतले बोलेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

च्याप्टर अध्यक्ष अधिकारीले मन्त्री ज्ञवालीको उपस्थितिमा गैरआवासीय नागरिकता लगायत अन्य बिषयमा छलफल गरिएको र कार्यक्रम फलदायी भएको जानकारी दिएका छन् । अध्यक्ष अधिकारीले न्यूयोर्कमा नेपाली सामुदायिक भवन निमार्णको क्रममा रहेको जनाउँदै नेपाल सरकारबाट यथेष्ट सहयोगको अपेक्षा गरेको जनाए । कार्यक्रम न्यूयोर्क च्याप्टर सचिव महेश खड्काले संचालन गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com