मुला खानाले क्यान्सरको जोखिम घटाउने मात्र होइन, अरु पनि यतिधेरै फाइदा


प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार

  • मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ ।
  •  मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिमसमेत कम गर्छ । यसमा पाइने डाइट्री फाइबर्सका कारण दिसालाई मुलायम बनाउँछ । पाचन प्रक्रिया राम्रो गर्छ । शरीरमा हुने जलनलाई समेत कम गर्न सहयोग गर्छ ।
  •  मुलामा पानीको मात्रा प्रशस्त पाइन्छ । यसले शरीरमा पानीको आपूर्ति गर्नुका साथै मिर्गौलाजन्य रोगको जोखिम घटाउँछ ।
  •  मुलामा ज्यादै कम मात्रामा मात्र क्यालोरी र फाइबर पाइने भएकाले तौल नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ ।
  •  मुलाको नियमित सेवनले इन्सुलिनको मात्रालाई नियन्त्रण गर्छ । यसले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेह रोगीका लागि समेत यो फाइदाजनक हुन्छ ।
  •  मुलामा भिटामिन ए, बी र सी पर्याप्त मात्रामा पाइन्छ । यसले आँखाको रोशनी बढाउन सहयोग गर्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com