सेन्सरले नै दिन्छ पहिरो आउने सूचना


प्रकाशित मिति : असार ३०, २०७६ सोमबार

निरन्तरको वर्षाले बाढी, पहिरो र ढुवानका घटना बढिरहेको अवस्थामा प्रकोपका यस्ता घटनाको पूर्व सूचना दिने ‘सेन्सर’ उपयोगी हुने देखिएको छ ।

युवा बैज्ञानिकद्वय राम–लक्ष्मण रिमालले तयार गरेको पहिरोको पूर्व सूचना प्रणाली (ल्यान्ड डिसप्लेसमेन्ट सेन्सर) को परीक्षण सफल भएपछि गोरखाका विभिन्न भेगमा प्रयोगमा आएको छ ।

राम–लक्ष्मण इनोभेसन्स्ले गोरखाको उत्तरी भेगमा अवस्थित साविकको केरौंजा गाविस (हालको चुननुब्री गाउँपालिका) र गोरखाकै उत्तरी भेगको लापुको खानीगाउँ वस्तीमा पहिरोको पूर्व सूचना दिने प्रणाली जडान गरेको हो ।

बस्ती वरिपरि गाडिने सेन्सरले जमिनमा सामान्य कम्पन हुनेबित्तिकै पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई साइरनमार्फत अग्रिम सूचना दिने गर्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा राम–लक्ष्मण इनोभेसन्स्ले चुननुब्रीमा तीन वर्षअघि सेन्सरको नमूना परीक्षण गरेको थियो । सो परीक्षण सफल भएपछि यसवर्ष धार्चे गाउँपालिका–७ को लापुको खानीगाउँका विभिन्न ४ ठाउँमा ल्यान्ड डिसप्लेसमेन्ट सेन्सर जडान गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com