एपिएफका दिपेशले रचे नयाँ इतिहास


प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार

सेनाका रत्नजित तामाङ्को एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् ।

आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन् । दाङ्खको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१ – १६, २१ – १४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन् ।

विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामी संग पराजित भएका हुन् । २०६९ सालमा काठमाण्डौमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन ।

तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए । यसै प्रतियोगिता अन्तरगत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए । दिपेशले यस अघि रत्नजित तामाङ्खलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com