मलेखुमा दिउसै महिलाको शौचालयबाट २ जोडी निस्किएपछि


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

पृथ्वी राजमार्गको मलेखुस्थित माछावजारमा व्यवसायिक रुपमा यौनधन्दा हुने गरेको भन्दै व्यवसायमा संलग्न भएकालाई कारवाही गर्न स्थानीयवासिन्दाले प्रहरीलाई दवाव दिएका छन । धादिङको गजुरी– गाविस वडा नम्बर २ मा पर्ने मलेखु माछावजारमा व्यवसायिक रुपमा यौन धन्दा हुने गरेको आरोप लागिरहेको वेला शनिबार अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा दुई पुरुष र एक महिला गरी तीन जनालाई स्थानीय महिला समूहले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

शनिबार दिउँसो मलेखु मजुवास्थित जनप्रिय होटलको शौचालयमा यौन क्रियाकलापमा संलग्न रहेका वेला उनीहरु पक्राउ परेका थिए । होटलमा भाँडा माझ्न बसेकी अन्दाजी २५ वर्षकी महिलासँग होटलको शौचालय भित्र फेला परेका ललितपुर सानेपाका २८ वर्षिय सुशील थापा र ३० वर्षिय बाबुराम थापालाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।यौन क्रियाकलापमा संलग्न ती महिलासहित थापाद्वय र होटल सञ्चालक माया पाण्डेलाई मलेखु प्रहरी विटले नियन्त्रणमा लिएकोमा पाण्डेलाई घटनामा संलग्न भएको प्रमाण नपुगेको भन्दै आईतवा रनै प्रहरीले छाडेको थियो ।

शौचालयभित्र यौनकार्यमा संलग्न रहेका वेला पक्राउ परेका थापाद्वयबिरुद्ध भने होटलको कामदार महिलालाई बलात्कार गरेको आरोपमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पक्राउ परेको दिन प्रहरीसँगको वयानमा महिलाले आफूलाई होटलधनीले ग्राहकसँग यौनधन्दा गर्न लगाएको वयान दिएपनि आईतवार महिलाअधिकारकर्मीहरुको सक्रियतामा लेखिएको जाहेरीमा भने बलात्कार गरेको लेखिएपछि अनुसन्धानमा संलग्न प्रहरी समेत अन्यौलमा परेका छन ।सोमवार घटनाको जाँचबुझका लागि मलेखु पुगेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीको टोलीलाई स्थानीयबासिन्दाले घटनालाई अन्यत्र मोडेर होटल सञ्चाकललाई छाडेको आरोप लगाएपछि प्रहरीले दोश्रो पटक नियन्त्रणमा लिएपनि होटल संचालक माया पाण्डेलाई प्रहरीले मंगलवार सामान्य तारेखमा छाडिदिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीडित पक्षको जाहेरीका आधारमा घटनाको अनुसन्धान भईरहेको र होटल संचालक पाण्डे घटनामा संलग्न रहेको प्रमाण नदेखिएकाले सामान्य तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक वालकृष्ण पोखरेलले बताउनुभयो ।

शनिबार भएको यौन क्रियाकलापमा संलग्न युवाहरुलाई प्रहरीले झुटो मुद्दामा फसाउन खोजिएको भन्दै मलेखुका बासिन्दाले भने विरोध गरेका छन् । होटल सञ्चालकको समेत मिलेमतोमा रकम लेनदेन गरेर वेश्यावृत्ति भएको स्थानीयबासिन्दाको आरोप छ । पक्राउपछि प्रहरीले होटल सञ्चालकलाई बचाउन यूवाहरुलाई बलात्कारको अभियोगमा मुद्दा दर्ता गरेको स्थानीय भुमीप्रसाद पाण्डेले आरोप लगाउनुभयो ।

होटल सञ्चालकको मिलेमतोमा चारहजार रुपैयाँ दिने सर्तमा सो कार्य गरेको वयान दिएकी पीडित महिलाले भोलीपल्ट आफूमाथि वलत्कार भएको जाहेरी दिएपछि घटनाको रुप परिवर्तन भएर नयाँ ढंगले अघि बढेको प्रहरीको भनाई छ ।होटल नजिकै बैठक बस्दै गरेका महिला समूहले शौचालयमा महिला पुरुषसँगै पसेको र निकै बेर ननिस्किएपछि निगरानी राखेका थिए ।

प्रत्यक्षदर्शी एक महिलाका अनुसार शौचालयबाट पुरुष मात्र निस्किएपछि प्रहरीलाई खबर गरेर महिलाहरु होटलमा पुगेका थिए । बाहिर बसेको अर्को पुरुष भित्र जानै लाग्दा पक्राउ गरिएको महिला समुहका सदस्यहरु बताउँछन ।

शनिवार पक्राउ परेका थापाद्वयले यसअघि पनि आफूहरु यहि होटलमा आउने गरेको र आर्थिक लेनदेन भएरै यौनकार्य गरेको स्वीकारको छन । पीडित युवती महिला सेलको संरक्षणमा कानुनी सहायताका लागि जिल्ला सदरमुकाममा रहेकी छिन् । पीडित महिलाको जाहेरीमा १७ वर्ष उमेर उल्लेख गरेका कारण सहमतिमा भए पनि जवर्जस्ति करणी भएको देखिने धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले बताउनुभयो । तर महिलाको आठ वर्षको छोरा कक्षा दुईमा र पाँच वर्षको छोरा शिशु कक्षामा गाउँमा बसेर पढ्दै गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com