बेहुला र उनका भाईहरुले पल्सर बाइक नभई टिभिएसको अपाचे बाइक खोजेपछि …


प्रकाशित मिति : कार्तिक ५, २०७५ सोमबार

दाइजोमा बाइक मननपरेपछि भारतको खुुर्रमनगरमा बेहुला र उनका भाईहरुले बिवाह गर्न अस्वीकार गरेका छन् । बेहुला र उनका भाईहरुले पल्सर बाइक नभई टिभिएसको अपाचे बाइक खोजेपछि बेहुलीपक्षले बेहुला सहित ४ जना जन्तीको केशुमण्डन गरेका थिए ।

बेहुला पक्षले अपाचे बाइकको साथमा चार तोला सुनको हार पनि मागेका थिए । बेहुलीघरको अवस्था सम्हाल्न गाह्रो भएपछि बेहुलीपक्षले पुलिसमा खबर गरेका थिए । प्रहरी आएपछि बेहुलीपक्षले बन्धक बनाएर राखेका केहि बेहुला पक्षलाई छुटाएको थियो ।

तरकारी बेचेर गुजारा गर्ने बेहुलीका पिताले छोरीको बिवाह ३ महिना पहिले पक्का गरेका थिए । एक महिना पहिला इंगेजमेन्ट भएको उनीहरुलाई छोरीको बिवाह हुनेभयो भन्ने सोचले मख्ख थिए । तर ७ दिन पहिला बेहुलापक्षबाट दाइजोको माग बढ्न थाल्यो् ।

बेहुलापक्षले अपाचे बाइक, चार तोला सुनको हारको माग गरेपछि बेहुली पक्ष त्यति धेरै दाइजो दिन नसक्ने बेहुली पक्षले जाहेर ग¥यो । दाइजो दिन नसक्ने भएपछि बेहुलाले बिवाह नै नगरी जन्ती फर्काउने धम्की दियो । धम्कीपछि आक्रोशित बेहुलापक्षले बेहुला पक्षको केहि मािनसलाई बन्धक बनाए र ४ बेहुला सहित ४ जनाको केश मुण्डन गरिदिए ।

स्थीति तनावग्रस्त भएपछि प्रहरीलाई बोलाइएइको थियो र प्रहरीले समस्याको समाधान ग¥यो । त्यसपछि त्यो बिवाह पनि सम्पन्न हुन सकेन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com