कन्सल्टेन्सीका कागजात पेश गरे सधैका लागि अमेरिका जान प्रतिबन्ध लाग्नसक्ने


प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार

काठमाडौं स्थीति अमेरिकी दूतावासले भिसा प्रकृयाका लागि कन्सल्टेन्सीका कागजात पेश गर्ने आवेदकलाई सधैका लागि अमेरिका जानमा प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा तस्वीरसहितको सुचना प्रकाशित गर्दै दूतावासले यस्तो चेतावनी दिएको हो ।

दूतावासको सामाजिक सञ्जालमा भनिएको छ – ‘भिसा कन्सल्टेन्सीहरू जहिले पनि तपाईँबाट बढी पैसा असुल्न खोजिरहेका हुन्छन् । उनीहरूको लहैलहैमा नक्कली कागजात लिने काम नगर्नुहोस् । उनीहरूले दिएका प्रमाणपत्रहरू कुनै पनि कामका हुँदैनन् । यस्ता प्रमाणपत्रहरू पेश गर्नुभयो भने तपाईँ सधैँभरका लागि अमेरिका जानका लागि अयोग्य बन्नुहुनेछ ।’

विशेष गरी डिभी लोटरीको सन्दर्भलाई लिएर दूतावासले यस्तो सुचना जारी गरेको हो । डिभी लोटरी परेकाहरुले हाइस्कुलको सर्टिफिकेट नक्कली पेश गर्ने क्रम बढेपछि दूतवासको यस्तो चेतावनी आएको हो ।

काठमाडौंमा भिसा प्रकृयाका लागि नक्कली कागजात बनाउने कन्सल्टेन्सीहरुको बिगबिगी नै बढिरहेको सन्दर्भमा दूतावासले यस्तो सुचना जारी गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र लगायतका कागजातहरु कन्सल्टेन्सीहरुले चर्को रकम मागेर बनादिने गर्छन् ।

कन्सल्टेन्सीहरुको बदमाशीका कारण काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिजिटिर लगायतका भिसाका लागि कागजात नै हेर्न छाडिसकेको छ । अधिकांश कागजात नक्कली हुन थालेपछि दूतावासमा भिसा अधिकारीले भिसा दिने बेलामा कागजात हेर्न छाडेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com