बिहारबाट काठमाडौं छिरे ‘प्रोफेसनल’ चोर ! कुकर, ग्याँस चुल्हो बनाउने दिखी कपडा, सुट बेच्ने, पानीको धारा बनाउने बहाना -पूरा हेरि शेयर गर्नुहोला


प्रकाशित मिति : कार्तिक २, २०७५ शुक्रबार

बिहारबाट काठमाडौं छिरे ‘प्रोफेसनल’ चोर ! कुकर, ग्याँस चुल्हो बनाउने दिखी कपडा, सुट बेच्ने, पानीको धारा बनाउने बहाना -पूरा हेरि शेयर गर्नुहोला

काठमाडौं। तपाईंको घरमा कोही भाडाकुँडा अर्थात कुकर, ग्याँस चुल्हो बनाउनु छ भन्दै आइरहेका छन् ? अनि कपडा, पानीको धारा बनाउने बाहनामा पो कोही अपरिचित आइरहेका छ्न की ! यदि आइरहेका छन् भने विचार गर्नुहोस् । ती तपाईंकोे घर लुट्न आएका खतरनाक चोरहरु पनि हुनसक्छन् ।

दसैं तिहारको समयमा काठमाडौंमा चोरहरुले चोरी गर्ने नयाँ–नयाँ शैली अपनाएका छन् । भाडाकुँडा बनाउने, कपडा बेच्ने बहानामा घरको निगरानी गर्ने र अनुकुल पारेर चोरी गर्ने चोरहरुको नयाँ शैली हो । उपत्यकामा अधिकाशं घरमा डेरा गर्नेहरु दसैंंको समयमा पर्व मान्न घर गएका छन् । यस्तो बेला चोरी हुने सम्भावना अत्याधिक रहन्छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामा आफ्नो घरलाई सुरक्षित राख्न सुझाव दिन्छन् ।

काठमाडौंमा ३ हजार ७ सय प्रहरी परिचालन गरिएको बताउँदै लामाले भने,‘‘घर खाली गरेर जानेहरुले पनि सुरक्षाका लागि विभिन्न डिभााइस प्रयोग गर्न सक्छन् । घरमा कोही नभएकाले छिमेकीलाई पनि खबर गरौं । त्यस्तो अवस्थामा छिमेकीले पनि नयाँ मान्छे आए निगरानी गर्छन् ।’’ लामाले प्रविधिसहित प्रहरी सक्रिय भएकाले नागरिकलाई चनाखो भएर चाडपर्व मान्न सुझाए ।

लामाका अनुसार राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बस पार्कलगायत क्षेत्रमा चोरी तथा पाकेटमारहरु बढी सक्रिय रहेको पाइएको छ । केही पकेटमारहरु सार्वजनिक यातायतमा पनि सक्रिय छन् । लामाका अनुसार पक्राउ परेकाहरुमध्ये केही व्यावसायिक चोर छन् ।

एसएसपी लामाका अनुसार भारतको बिहारबाट पनि चोरहरु दसैंंको समयमा काठमाडौं छिर्ने गरेका छन् । काठमाडौं प्रहरीले २ युवतीसहित १२ जना भारतीय चोरलाई पक्राउ गरेको छ । लामाले भने,‘‘उनीहरु सबै प्रोफेसन चोर हुन् । चाडपर्वको बेला आउने चोर्ने र भारत फर्किने उनीहरुको योजना हुन्छ ।’’

लामाका अनुसार नेपाली चोरको तुलनामा भारतीय चोरको लुटपाटको शैली भने फरक हुन्छ । उनीहरु संगठित रुपमा चोरीमा सक्रिय हुन्छन् । प्रत्येकको छुट्टाछुट्टै भूमिका हुन्छ । कतिपय चोरले कपडा बेच्ने बहानामा घर हेर्छन् भने कतिपयले कुकर बनाउने नाममा ।

अनुकुल नभए उनीहरुले चोर्न सकिने घरको अवस्थाको बारेमा आफ्नो समूहमा जानकारी गराउँछन् र थप योजना बनाएर चोरी गर्छन् । फोहर उठाउने, जोगीको भेसमा भारतीय चोरहरु सक्रिय हुने गरेका छन् ।

‘‘भारतीय चोरहरुले होटलमा कोठा लिएर बसेको पाइयो । उनीहरु हेर्दा चोरजस्तो लाग्दैनन् तर चलाख हुन्छ । कसैमाथी शंका लागे तत्काल प्रहरीलाई सम्र्पक गर्नुहोला,’’ एसएसपी लामाले भने । लामाका अनुसार १ सय ५० भन्दा बढी सिभिल पोशाकमा प्रहरी परिचालन गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com