राष्ट्रकवि माधवप्रसाद घिमिरेले यसरी मनाए आफ्नो १०० औं जन्मदिन (फोटोफिचर)


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

/fi6«slj l3ld/]nfO{ z’esfdgf lbFb} afns/fi6«slj dfwjk|;fb l3ld/]sf] !)) cf}+ hGd lbgsf] cj;/df n}grf}/df cfOtaf/ cfof]hgf ul/Psf] sfo{qmddf pxfFnfO{ z’esfdgf lbFb} afns . tl:a/ M k|bLk/fh jGt,/f;;

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिएका छन् ।

लमजुङको पुस्तुन, बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मेर आज एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले भेटेर शुभकामना दिएका हुन् ।

शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोह सकाएर बसेका  घिमिरेलाई दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म लैनचौरमा भेट्घाटको कार्यक्रम मिलाइएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेलाई बिहानै राष्ट्रकवि निवासमा भेटेर शुभकामना दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रकवि भेट्न अपरान्ह ४ बजे पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले फुलको पुष्हार र फलफूल दिँदै दोसल्ला ओढाएर सुस्वास्थ्य र दीर्घायुको कामना दिए ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेल, प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, शताब्दीपुरुष सत्यमोहन जोशी, साहित्यकार बैरागी काइँला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वउपकुलपति विष्णुविभु घिमिरेलगायतले शुभकामना दिएका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल, काङ्ग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी, पूर्वसांसद रामचन्द्र पोखरेल, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, कलाकार, पत्रकारले, वकील तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । दुई हजारभन्दा बढी व्यक्तिले उहाँलाई शुभकामना दिई दिर्घायुको कामना गरेका थिए ।

घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ राष्ट्रनिर्माता, राजेश्वरी, आफै बासुरी आफै मुरारी, पापी आमा, आदि कविता सङ्ग्रह प्रकाशित छन् । भने हाल “ऋतम्भरा” महाकाव्य लेख्दै छन् । १०० वर्ष पुग्दासमेत उनको लेखन शैली थाकेको छैन । रासस

 

Ratopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com