प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट आउन छाड्यो ग्यास


प्रकाशित मिति : भाद्र २७, २०७५ बुधबार

सिलिन्डर बोक्ने जमाना अब गए,’ गत ५ भदौमा विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरिएको गोबर ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले घोषणा गरेका थिए । उपस्थित स्थानीयले ताली बजाएर प्रधानमन्त्रीको घोषणाको स्वागत गरे । त्यहाँका ३५ घरपरिवारले पाइपबाट ग्यास बाल्न पाइने भएपछि खाना पकाउने एलपी ग्यासका सिलिन्डर थन्क्याएका थिए ।

तर, स्थानीयको त्यो उत्साह लामो समय टिकेन । ग्यास वितरण प्रणालीमा समस्या भएपछि उनीहरू थन्क्याइएका सिलिन्डर निकाल्न बाध्य भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण भएको र प्रधानमन्त्री ओलीले तामझामसाथ उद्घाटन गरेको प्लान्टबाट आएको ग्यासमा १२ दिन खाना पकाएपछि बन्द भएको छ । गत १७ भदौदेखि स्थानीयवासीले फेरि काँधमा सिलिन्डर बोकेर डिलरसम्म पुग्नुपरेको छ ।

गौसदनमा स्थापना गरिएको प्लान्ट २ सय घनमिटरको हो । यहाँबाट निकालिएको ग्यास पाइपबाट स्थानीयलाई वितरण गर्न थालिएको थियो । सुरुसुरुमा त उपभोक्तालाई निकै सहज भयो । तर, आधिकारिक जानकारी नपाई ग्यास आउन बन्द भएपछि उनीहरू अलमलमा परे ।

सोधखोज गर्दै स्थानीय उपभोक्ता जागेश्वर यादव प्लान्ट पुगे । उनलाई भनियो– प्लान्ट स्तरोन्नति गरेर थप ४५ घरलाई पनि ग्यास बाँड्ने तयारी भइरहेकाले अहिले रोकिएको हो । तर, त्यो सत्य थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्व बैंकको सहयोगमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विराटनगर महानगरपालिका र जिल्ला समन्वय समितिसमेतको १ करोड १० लाख लगानीमा प्लान्ट निर्माण भएको हो । प्रधानमन्त्री केपी ओलीले गत ५ भदौमा प्लान्ट उद्घाटन गरेका थिए । प्रधानमन्त्रीको टोलीमा मन्त्रीदेखि सरकारी ठूला अधिकारीको लस्कर र कार्यक्रमको तामझाम हेर्नलायक थियो ।

स्थानीय श्रीकृष्ण गौसेवा सदनले आयोजना गरेको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिलिन्डरका डल्ला फ्याँक्ने सपना साकार हुन्छ भनेर प्रमाणित भएको बताएका थिए । पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले पाइपबाट घरघरमा ग्यास पुर्‍याउने दिन आउने बताउँदा खिसी गरिएको स्मरण गराउँदै प्रधानमन्त्रीले अब त्यो दिन आएको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com