अब म चुप लागेर बस्दिन नेता कार्यकर्तालाई कारवाही गर्छु :देउवा


प्रकाशित मिति : भाद्र २५, २०७५ सोमबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताकै कारण प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले सर्वत्र पराजय व्यहोर्नु परेको बताउनु भएको छ ।

१०५औँ बिपी जयन्तीका अवसरमा साेमबार आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ अन्तक्रिया तथा प्रशिक्षणमा सभापति देउवाले निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन सक्रिय भएका नेता तथा कार्यकर्तालाई कारवाही हुने बताउनु भयो ।

‘गएको निर्वाचनमा कतिपय ठाउँमा नेता तथा कार्यकर्ताहरु आफ्नै उम्मेदवार विरुद्ध लागे, त्यही कारण पार्टीले धेरै ठाउँमा चुनाव हार्यो’ उहाँले भन्नुभयो, ‘पार्टीमा अहिले बेथिति बढेको छ । अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ । त्यस्ता नेता तथा कार्यकर्तालाई कारवाही हुन्छ । अब म चुप लागेर बस्दिन ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com