विदेशमा चम्किँदै यी नेपाली ब्रान्ड !


प्रकाशित मिति : भाद्र १६, २०७५ शनिबार

नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । आजको नयाँ पत्रित्रका दैनिकमा खबर छ ।

चाउचाउ

वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । नेपालबाहेक भारत र युरोपको सर्भियाबाट उत्पादन सुरु भइसकेको छ । बंगलादेश, साउदी अरेबियालगायत मुलुकमा पनि उत्पादनको तयारी भइरहेको छ ।

गोल्डस्टार

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली बजारमा संसारभरका जुत्ता स्थापित भइरहेका वेला भारतीय जुत्ता बजारमा नेपालको गोल्डस्टार प्रतिस्पर्धी ब्रान्ड बनेको छ । उत्पादनको झण्डै ८० प्रतिशत भारत प्रतिशत निर्यात हुन्छ । भारतबाहेक बंगलादेश, श्रीलंका, पाकिस्तान, अस्ट्रेलियामा पनि निर्यात हुने गरेको छ ।
सुन्दा आश्चर्य लाग्न सक्छ, भुटानी सुरक्षाकर्मीले गोल्डस्टार जुत्ता लगाउँछन् ।

हिमालयन जाभा

कफी पिउने पश्चिमा संस्कृति हो । हिमालयन जाभाले नेपालमा कफी पिउने संस्कृतिको विकास गर्यो । दुई दशकअघि ठमेलबाट सुरु भएको हिमालयन जाभा आक्रामक आउटलेट विस्तारमा लागिपरेको छ । देशभित्र दुई दर्जन ठाउँमा जाभाका आउटलेट र फ्रेन्चाइज फैलिसकेका छन् । रमाइलो पक्ष के भने पश्चिमा संस्कृति भित्र्याउने जाभा अहिले धमाधम पश्चिमा मुलुकमै फैलिरहेको छ ।

खुकुरी रम

विदेशी रक्सी रुचाउने नेपालीको संख्या कम छैन । तर, नेपाली ब्रान्ड खुकुरी रम भने विदेशमा लोकप्रिय छ । विदेशमा खुकुरी रम नेपाल चिनाउने ब्रान्ड बनेको छ । खुकुरी रम जर्मनी, बेल्जियम, जापान, दक्षिण कोरिया, अमेरिका, सिंगापुर, युएई, इटालीलगायत दर्जन मुलुकमा पुग्छ ।

बाजेको सेकुवा

सन् १९७६ मा दीनानाथ भण्डारीले पाँचसय लगानीमा एयरपोर्टअगाडि खुल्ला चौरमा सेकुवा पोलेर ब्यबसाय सुरु गरेका थिए । त्यही व्यवसाय बाजेको सेकुवामा परिणत भयो, अहिले १४ वटा आउटलेट खोलिसकेको छ । अमेरिकाको न्युयोर्कस्थित क्विन्समा पनि खुलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com