पाहुनालाई देखाउन सडक सिँगार्न भ्याईनभ्याई


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

मंगलबार बेलुका अबेरसम्मै काठमाडौंका धेरै ठाउँमा सवारी जाम भयो ।

दिउँसोदेखि सडकका खाल्डाखुल्डी पुर्ने काम भएकाले अबेरसम्मै सवारी जाम भएको हो । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को शिखर सम्मेलनको तयारीका क्रममा केही दिनदेखि सडकका खाल्डाखुल्डी पुर्ने काम भैरहेको छ । यसअघि राति मात्र खाल्डाखुल्डी पुर्ने गरिन्थ्यो । तर सम्मेलनको लागि पाहुना आउने दिन नजिकिंदै गर्दा दिउँसो पनि खाल्डाखुल्डी पुर्न थालिएको छ ।

यसअघि सरकारको नजर नपुग्ने शहरभित्रका मुख्य सडकका खाल्डाखुल्डी पुर्ने तथा सडक छेउछाउका फोहोरका डंगुरलाई व्यवस्थित गर्ने काम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर हुँदै सोल्टी होटलसम्म पुग्ने सडकमा रंगरोगन गरिंदैछ ।

सम्मेलनमा सहभागी हुन आउने विशिष्ट व्यक्तिको स्वागतको लागि तिलगंगादेखि सिनामंगलसम्म सडकको एकातर्फ चिनियाँ दुबो लगाउने काम तीव्र रुपमा भइरहेको छ । माइतीघरको मण्डलामा रंगरोगन गरिंदैछ । चाबहिल, तीनकुने, नयाँ बानेश्वर, माइतिघर हुँदै साल्टी होटलसम्म पुग्ने सडकमा पनि रंगरोगन हुँदैछ । सडक छेउछाउको फोहोर व्यवस्थापन गरिंदैछ । तीनकुनेको खाली मैदानलाई जस्ताको पाताले बार्न लागिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१४ गतेभित्र चारैतिर बारेर छोप्न लागिएको त्यहाँ काम गर्दैगरेका भक्तपुरका आशिष राईले बताउनुभयो । ‘सात देशका नेताहरु आउने भएकाले यो फोहोर देखिन्छ भनेर बार्न लागेको रे’, राईले भन्नुभयो, ‘गरिबलाई मासु खान दसँै कुर्नपर्छ, त्यस्तै काठमाडौंवासीलाई सफा सहर देख्न सम्मेलन कुर्नुपर्ने रहेछ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै सडक चिल्ला हुन लागेका छन् । फोहोर व्यवस्थापन गर्न महानगरपालिका लागिपरेको छ भने सडकका खाल्डाखुल्डी पुर्न र छेउछाउमा रंगरोगन गर्न सडक विभागलाई जिम्मा दिइएको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सहरको सरसफाई तथा रङ्गरोगन गर्ने काममा महानगरपालिका लागिपरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय सभा सम्मेलन हुँदा र विदेशी प्रमुख आउँदा मात्र काठमाडौं किन सफा गरिन्छ ? अरुबेला किन कसैको ध्यान जाँदैन भन्ने प्रश्नमा कार्कीले भन्नुभयो, ‘यहाँ विकास निर्माणका थुप्रै कामहरु भइरहेका छन् । निर्माण सम्पन्न नभएसम्म यस्तो समस्या हुन्छ नैै । पाहुना आएको बेला त्यसै भद्रगोल छोड्नु त भएन नि ।’

बिमिस्टेकको शिखर सम्मेलनमा आउने पाहुनाले अहिलेको जस्तै सडकको दुर्गती देख्नु नपरोस् भनेर खाल्डा पुर्ने र पिच गर्ने काम मध्यमाञ्चल सडक डिभिजन कार्यालयले गर्दैछ । बिमिस्टेकमा सहभागिता जनाउन आउने पाहुनाहरु उपस्थित हुनुपर्ने ठाउँसम्मका सबै सडक खण्डलाई मर्मत गरिन लागेको डिभिजनका निर्देशक शिवहरि सापकोटाकाले बताउनुभयो ।

पानी परेको बेलामा पनि पिच गर्ने काम भैरहेको छ । विभागका निर्देशक सापकोटाले कोल्ड मिक्स प्रविधिबाट पिच हुने भएको चिस्यानमा गरेको पिच नउप्किने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसरी घरमा पाहुना आउँदा तथा कुनै विशेष कार्यक्रम हुँदा घर सजाउने काम हुन्छ, त्यस्तै देशमा पनि कुनै विदेशी राष्ट्राध्यक्ष आउँदा तथा शिखर सम्मेलन आयोजना गरिंदा सामान्य सजाएको मात्रै हो ।’

काठमाडौंमा खानेपानीका पुराना पाइप लाइनलाई विस्थापित गरेर मेलम्चीको पाइपलाइनमा नल्याउँदासम्म सडकको समस्या रहिरहने सापकोटाले बताउनुभयो । आउँदो १४ र १५ गते हुने बिमिस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत ६ देशका सरकार र राष्ट्र प्रमुख काठमाडौं आउने कार्यक्रम छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com