जनसम्पर्क समिति अमेरिकामा च्याप्टर सभापति काण्ड


प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार

सँधै विवादको भुमरीमा रुमलिने जनसम्पर्क समिति अमेरिकामा च्याप्टर सभापति काण्ड मच्चिएको छ । बैठकनै नबसी निर्वाचित न्यूयोर्क च्याप्टर सभापति रोशन ढुङगानालाई हटाएर कार्यवहाक सभापति तोकि, सभापति काण्ड मच्चाइएको हो ।

जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द विष्ट र पूर्व संयोजक तथा विश्व सञ्जाका अध्यक्ष विष्णु सुवेदी समुहमा विभाजित जनसम्पर्क समितिको खेलमा च्याप्टर सभापति ढुङगाना परेका छन् ।

स्थायी रुपमा टेक्सास जान लागेका न्यूयोर्क सभापति ढुङगानाले च्याप्टरको कुनै पनि बैठक नबसेको र कसैलाई कार्यवहाक सभापति नदिईएको प्रष्ट्याएका छन् । ढुङगाना टेक्सास जान लागेपछि आफ्नो पक्षको कार्यवहाक सभापति राख्ने खेलमा उनि परेका हुन् ।

मैले तिन जना उपसभापति मध्ये जसलाई पनि कार्यवहाक दिन सक्थेँ, आफ्नो पक्षको मान्छे काब बनाउनका लागि यो खेल खेलिएको हो, ढुङगानाले खसोखाससँग भने ‘कु’ शैलीमा खेल खेलियो । हाल बैठक बसेर कार्यवहाक दिइएको भनिएकी उपसभापति कमला पन्त सुवेदी समुहको भनेर चिनिन्छिन् ।

बैठक बसेको वा नबसेको बारे सोधपुछमा समेत विष्ट र सुवेदी समुहले फरक फरक बताएका छन् । न्यूयोर्क च्याप्टर समितिमा रहेकाहरुले केहीले बैठक बसेको र केहीले बैठक नबसेको प्रतिकृया दिए ।

केही दिन अघि न्यूयोर्कमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा अमर तामाङ र कमला पन्त कस्ले सभापतित्व गर्ने भन्ने बारेमा खुलेरै विवाद भएको थियो । सो कार्यक्रममा तामाङले कार्यक्रमको अध्यक्षता गरेका थिए भने हाल काब तोकिएको भनिएकी पन्तले स्वागत मन्तव्य दिएकी थिईन् ।

कांग्रेस नेताहरु भन्छन्, बिष्ट र सुवेदी समुहको लडाइँ केन्द्रीय समिति भन्दा सक्रिय न्यूयोर्क च्याप्टरको कार्यबहाक सभापति आफ्नो पक्षमा पार्ने खेलको टुङगो लागेको छ । जनसम्पर्क समितिका नेताहरु मध्ये च्याप्टर सपभाति ढुङगाना प्रिय नेताहरुका चिनिन्छन् । दुवै समुह मिलाएर लाने सवालमा जनसम्पर्क समिति अमेरिका अध्यक्ष विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुँदा सम्म अब्बल थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com