अमेरिका र युरोपेली संघ बीच नयाँ व्यापार सम्झौता, इयुले अमेरिका भित्र ६०० बिलियन डलर लगानी गर्ने


प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार

अमेरिका र युरोपेली संघ इयु बीच नयाँ व्यापार सम्झौता भएको छ । महिनौँदेखिको व्यापार विवाद अन्त्य गर्दै दुइ देशकाबीचमा नयाँ व्यापार सम्झौता भएको हो ।

अत्यन्त संवेदनशील वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लायनबीच स्कटल्याण्डको टर्नबेरी गोल्फ क्लबमा सम्झौता भएको हो।

सम्झौता अनुसार अब अमेरिकाले इयु बाट आयात हुने सबै वस्तुहरूमा १५ प्रतिशत शुल्क लगाउनेछ ।

यो शुल्क दर पहिले ट्रम्पले घोषणा गरेको ३० प्रतिशत भन्दा आधा हो । बदलामा, इयु ले केही अमेरिकी उत्पादनहरूमा शून्य प्रतिशत शुल्कमा पहुँच दिने वाचा गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फन डर लायनले सम्झौतालाई ूस्थिरता ल्याउने महत्वपूर्ण कदमू भन्दै स्वागत गरिन् । उनका अनुसार अमेरिका र इयु सँगै विश्व व्यापारको झण्डै एक तिहाइ हिस्सा ओगटेका छन् । ट्रम्पले आफ्नो ‘व्यापार घाटा घटाउने’ रणनीतिअन्तर्गत यस्ता सम्झौता गर्दै आएका छन् ।

यसअघि उनले बेलायत, जापान, इन्डोनेसिया, फिलिपिन्स र भियतनामसँग पनि व्यापार सहमति गरेका थिए । यद्यपि उनले घोषणा गरेको ९० दिनमा ९० सम्झौता लक्ष्य भने पूरा भएको छैन ।

टर्नबेरीमा दुई नेताबीचको गोप्य वार्तापछि ट्रम्पले भने, “यो सबैका लागि राम्रो सम्झौता हो । अब हामी अझ नजिक हुनेछौँ।”

फन डर लायनले यसलाई “विशाल सम्झौता” बताउँदै भनिन्, “वार्ता कठिन थियो तर हामी सफल भयौं।” इयु ले अमेरिका भित्र ६०० बिलियन डलर लगानी गर्नेछ । जसमा सैन्य उपकरण खरिद पनि समावेश रहेको सम्झौतामा उल्लेख छ ।

ऊर्जा क्षेत्रमा ७५० बिलियन डलरको लगानी हुनेछ । जसले इयु लाई रुसी उर्जाबाट स्वतन्त्र हुन सहयोग गर्नेछ । विमान र विमान पार्ट्स, केही रसायन, र केही कृषिजन्य उत्पादनमा शुल्क नलगाइने सम्झौतामा भनिएको छ ।

इस्पात र एलुमिनियममा ट्रम्पले लगाएको ५० प्रतिशत शुल्क भने यथावत् रहनेछ। फन डर लायनले ट्रम्पलाई “कठोर तर सम्झौता गर्न सक्ने नेता” भन्दै व्यक्तिगत रुपमा धन्यवाद दिएकी छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com