ट्रम्पले मन्त्री बनाउने घोषणा गरेकाहरुलाई बम आक्रमणको धम्की , प्रहरीले अनुसन्धान गर्दै


प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार

Republican presidential candidate former President Donald Trump speaks on stage during a campaign event in Rochester, N.H., Sunday, Jan. 21, 2024. (AP Photo/Charles Krupa)

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रीका रुपमा घोषणा गरेका सदस्य र व्हाइट हाउस टोलीका सदस्यलाई लक्षित गरी बम आक्रमणको धम्की आएको छ । एफबीआईका अनुसार धेरै बम धम्की र स्वाटिङ घटनाहरू भएका छन् । जसमा झूटा फोन धेरै रहेको प्रहरीले बताएको छ ।

यी धम्कीहरू मंगलबार राति र बुधबार बिहान आएका थिए । ट्रम्पले रक्षा मन्त्रालय, आवास, कृषि, श्रम विभागका लागि चयन गरेका व्यक्तिहरू तथा राष्ट्रसंघका लागि अमेरिकी राजदूतका रूपमा चयन गरिएका कम्तीमा नौ व्यक्तिहरूलाई धम्की लक्षित गरिएको थियो ।

ट्रम्पको संक्रमण टोलीकी प्रवक्ता क्यारोलिन लेभिटले यी व्यक्तिहरूलाई हिंसात्मक, गैर अमेरिकी शैलीमा उनीहरू र उनीहरूको परिवारका सदस्यहरूको समेत आक्रमणको धम्की दिएको छ । धम्की प्राप्त भएपछि तत्काल प्रहरीलाई खवर गरिएको छ । हालसम्म कुनै पनि लक्षित व्यक्तिको नाम सार्वजनिक गरिएको छैन ।

लक्षित व्यक्तिहरूका अनुभव

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले राष्ट्रसंघका लागि राजदूतमा चयन गर्नुभएकी न्युयोर्ककी रिपब्लिकन एलीस स्टेफानिकले आफु र आफ्नो परिवारको घरमा बम हमला गर्ने धम्की आएको बताउनु भयो । धम्की आइरहेको बेला उहाँ वाशिङ्टन डीसीबाट आफ्नो श्रीमान् र तीन वर्षीय छोरासँग धन्यवाद दिनका लागि न्युयोर्क जाँदै हुनुहुन्थ्यो ।
रक्षा मन्त्रीका लागि चयन गरिएका पीट हेगसेथले पनि आफूलाई धम्की आएको पुष्टि गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा प्रहरी अधिकारीले बिहान मेरो घरमा आएर पाइप बम धम्की आएको जानकारी दिए, जब मेरा सात बच्चाहरू भित्र सुतिरहेका थिए । तर म धम्कीबाट डराउने छैन । ट्रम्पले मलाई सेवा गर्न बोलाउनुभएको छ, र म आफ्नो कर्तव्य पूरा गर्नेछु उहाँले लेख्नु भएको छ ।

पाइप बम धम्कीको शिकारमा पर्ने अन्य व्यक्तिमा पर्यावरण संरक्षण एजेन्सीका लागि चयन गरिएका ली जेल्डिन, कृषि विभागका लागि ब्रुक रोलिन्स, आवास विभागका लागि स्कट टर्नर, श्रम सचिवका लागि लोरी चावेज(डेरमर, र वाणिज्य सचिवका लागि हावर्ड लुटनिक पनि रहनु भएको छ ।

घटनाहरूको छानबिन

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई यस घटनाबारे जानकारी दिइएको छ । व्हाइट हाउसका अनुसार प्रहरीले ट्रम्पको टोलीसँग सहकार्य गर्दै घटनालाई नजिकबाट अनुगमन गरिरहेको छ ।

यस्तै, अमेरिकी क्यापिटल प्रहरीले यो स्वाटिङ घटनामा संलग्न रहेको र अन्य संघीय निकायसँग काम गरिरहेको जानकारी दिएको छ ।

धम्की र झूटा फोनहरू हालैका महिनाहरूमा अन्य उच्च प्रोफाइल व्यक्तिहरूमाथि पनि भएका थिए । विशेष गरी, ट्रम्पविरुद्धको आपराधिक मुद्दामा संलग्न न्यायाधीश र अभियोजनकर्ताहरूलाई पनि यस्तै धम्की दिइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com