ओबामा केयर परिवर्तन गर्ने ट्रम्पको भनाई


प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले चुनाव जिते ओबामा केयर परिवर्तन गर्ने बताउनु भएको छ ।

उपराष्ट्रिपति एवं नोभेम्बरमा हुने राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिससंगको फिलाडेल्फियामा भएको एबिसी न्युज बहसमा डोनाल्ड ट्रम्पले ओवामा केयर राम्रो कार्यक्रम नभएको र सबैको हित नगरेको बताउनु भयो । ओवामा केयरलाई अमेरिकामा सस्तो हेरचाह ऐन मानिन्छ ।

ट्रम्पले ओबामा केयरलाई राम्रो नभएको भन्दै नयाँ कार्यक्रमले प्रतिस्थापन गर्ने र सोही दिशामा काम गरिरहेको बताउनु भयो । ट्रम्पले डेमोक्र्याट पार्टीले ओबामा केयर खारेज गर्न असफल भएको आरोप लगाउनु भयो ।

उहाँले आफूले सही काम गरेको र विचार र विकल्पको मूल्याङ्कन गरिरहने उल्लेख गर्नुभयो । ट्रम्पले ओबामा केयरको तुलनामा जनता र जनसङ्ख्यालाई कम बोझ हुने योजना आवश्यक छ भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बहसका दौरानमा आप्रवासन , रुस युक्रेन युद्ध , इजरायल गाजा तनाव लगाएतका विबिध विषयमा बहस भएको थियो । बहसमा कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाउनु भएको थियो । बहस ९० मिनेट चलेको थियो । यो बहस राष्ट्रपति चुनावको लागि दोश्रो भएपनि ट्रम्प र ह्यारिसबिचको भने पहिलो हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com